नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिनःसुखानी काण्ड ४७ वर्ष पूरा

द्वारा प्रकाशित गरिएको हो |
२०७७ फाल्गुन २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

आज फागुन २१ अर्थात् नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन। २०२९ फागुन २१ मा तत्कालीन पञ्चायती शासकले इलामको माईनगरपालिका–४ को सुखानीमा झापा आन्दोलनका अगुवाहरुलाई गोली हानी हत्या गरेको थियो।

झापा कारागारबाट इलाम कारागार सार्ने बहानामा नेत्र घिमिरे, कृष्ण कुइँकेल, रामनाथ दाहाल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। उनीहरुले सहादत्त प्राप्त गरेको दिनलाई ‘सुखानी काण्ड’को रुपा परिचित रहेको छ।

सुखानीमा पञ्चायती शासकले हत्या गरेका उनीहरुलाई केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्री काल २०७२ फागुन १९ गते सरकारले शहीद घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय