हिमालय मा–वि गोर्खेमा छात्रवृत्ति वितरणः ९ विद्यालयका जेहेन्दार विद्यार्थीहरु पुरस्कृत

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र १, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःहिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका १ गोर्खेमा “कालुमान, लक्ष्मिमाया, पुष्पा श्रेष्ठ जेहेन्दार छात्रवृत्ति” वितरण कार्यक्रम सम्पन्न भएको छ । विभिध अतिरिक्त कृयाकलापका साथ सम्पन्न कार्यक्रमबाट वडा भरिका सामुदायिक तथा संस्थागत गरि ९ विद्यालयका जेहेन्दार विद्यार्थीहरु पुरस्कृत भएका छन् । कार्यक्रमको अवसरमा अन्तरसदनात्मक हाजिरिजवाफ,नृत्य र हस्तलेखन प्रतियोगिता सम्पन्न भएको प्रधानाध्यापक नित्यानन्द सापकोटाले जानकारी दिईएका छन् ।

संस्थाका अध्यक्ष धु्रब कुमार प्रधानको अध्यक्षता एवं वडाध्यक्ष राजकुमार शेरेङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक परिवारबाट चन्द्रमान श्रेष्ठ र परिवारका अन्य सदस्यहरु उपस्थित थिए । हिमालय माद्यमिक विद्यालयको स्थापनाकालमा योगदान पुर्याएका कालुमान,लक्ष्मिमाया र पुष्पाको निधनपछि छोराहरु गोपाल र चन्द्रमान श्रेष्ठ लगायत परिवारले बावुआमाको स्मृतिमा उक्त छात्रवृत्ति कोष स्थापना गरेका थिए । वि सं २०६५ सालमा स्थापना र वितरण शुरु गरिएको छात्रवृत्तिले जेहेन्दार विद्यार्थीको क्षमतालाई सम्मान र प्रोत्साहन गर्दै आएको प्रधानाध्यापक सापकोटा बताउँछन् ।

विभिन्न राजनितीक दलका प्रतिनिधि,विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी,अविभावक लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा संस्थाका सचिव भिम बहादुर खापुहाङ्गले स्वागत मन्तब्य राखेका थिए भने शिक्षकद्धय निधि प्रसाद पोख्रेल र किरण नेपालले संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय