फिक्कलः मकर्जुङ्ग गाईपालन कृषक समुह सूर्योदय नगरपालिका वडा नं १ को प्रथम साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष रमेश सापकोटाको अध्यक्षता एवं सनराईज डेरी उद्योग सिमधापका प्रबन्धक तथा वडा सदस्य तेजकुमार पान्डे अमृतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सदस्य पदम प्रसाद खतिवडाले स्वागत मन्तब्य राखेका थिए ।
६० भन्दा बढी कृषकको सहभागिता रहेको कार्यक्ममा ३५ जना सेयर सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । सचिव जिवन पाख्रेलले सार्वजनिक गरेको आयब्यय विवरण सर्वसहमतीले पारित गरेको सदस्य रबिन सापकोटाले जानकारी दिईएका छन् । संस्थाले हालसम्म खर्च कटाएर एक लाख ३३ हजार १ सय ३३ रुपैया बचत गरेको बताईएको छ । समुहका सदस्य माधव गौतमले संचालन गरेको कार्यक्रममा अध्यक्ष सापकोटाले भावि कार्ययोजना सहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।



विभिन्न विधामा उत्कृष्ट कृषकहरुलाई संस्थाले सम्मान गरेको छ । सम्मानित हुने कृषकहरुमा धेरै दुग्ध उत्पादन गरि बिक्री गर्ने पदम प्रसाद खतिवडा,गुणस्तरीय दुग्ध विक्रेता कुल बा राना नियमीत दुग्ध विक्रेता चुणामनी खड्कालाई सम्मान गरिएको सचिव पोख्रेलले बताएका छन् । सबै कृषकलाई निशुल्क पासबुक वितरण गरिएको कार्यक्रमका संचालक गौतमले जानकारी दिईए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडासदस्य पान्डेले ब्यवसायीक पशुपालन गरिनुपर्ने बताए । कृषिमा आधुनिकिकरण ल्याएमा उत्पादनमा वृद्धि र किसानको जिवनस्तर सु्धार हुने विश्वास ब्यक्त गरेका छन् । वडाको र आफ्नो ब्यक्तिगत तर्फबाट समुहलाई आवश्यक सहयोग गर्ने बताउँदै उनले आफ्नो डेरीलाई यस समुहले दुग्ध संकलन गरि बिक्री गर्दै आएकोमा धन्यवाद समेत दिईएका छन् ।किसानले उत्पादन लागतलाई ध्यान दिनुपर्ने बताउँदै उनले अन्न संगसंगै बढी हरियो पोसिलो घाँस खुवाउन आग्रह गरे । प्रोटिन र क्याल्सियम बढाउन पनी घाँस हरियो खुवाउनुपर्ने बताउँदै उन्ले नेपियर,सुपर नेपियर जस्ता डालेघाँस रोपडमा लाग्न अनुरोध गरे । उत्पादन लागत घटाउन सके आम्दानी वृद्धी भई बचतमा प्रोत्साहन हुने उन्को भनाई छ ।
कार्यक्रममा शुभकामना मन्तब्य दिँदै हिमालय माद्यमिक बिद्यालयका शिक्षक गणेश खड्काले वि सं २०४३ सालबाट यहाँका किसानले दुग्ध उत्पादन र बिक्री गरि गुजारा टार्दै आएको बताए । करिब ३५ बर्ष अघिबाट दुग्ध बिक्री भएपनी आधुनिकीकरण र ब्यवसाहिकरण बल्ल विस्तार भएको उनले बताए । सडक सन्जालको विस्तारसंगै किसानलाई केही सहुलियत भएपनी किसानका अन्य समस्या विद्यमान रहेको बताए । राज्यपक्षबाट पुग्दो सहयोग भने नपाएको किसानले गुनासो गरेका छन् ।


