इलामः पूर्वी नेपालकै प्रशिद्ध महेन्द्र रत्न बहुमुखि क्याम्पसमा बिबिए शैक्षिक कार्यक्रम शुरु हुने भएको छ । सम्पूर्ण सरोकारवलाहरुको चासो र माग भएपछि शैक्षिक सत्र ९२०७९÷८०० देखि बिबिए शैक्षिक कार्यक्रम शुरु गरिने क्याम्पस प्रमुख खगेन्द्र प्रशाद चापागाईले बताए ।
राष्ट्रिय तथा अन्तराट्रिय वजारमा माग भएको बजारमुखी विषय व्यवस्थापन संकाय अन्र्तगत इलाम क्याम्पसमा बिबिए शैक्षिक कार्यक्रम सञ्चालनको लागि त्रिभुवन विश्वविद्यालयले कक्षा सञ्चालनको लागि स्वीकृति प्रदान गरिसकेको छ । शैक्षिक सत्र २०७९ र८० देखि व्यवस्थापन संकाय अन्तर्गत बिबिए शैक्षिक कार्यक्रम सञ्चालनका लागि त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्ले २ सेक्सन मा ६६ जना को कक्षा सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो । बिबिए कक्षा संचालनका स्वीकृति पाएपछि क्याम्पसले आवश्यक पूवार्धारहरुको तयारी समेत पुरा गरिसकेको साहयक क्याम्पस प्रमुख पोष्टराज लामिछानेले बताए ।



कक्षा ११ र १२ मा जुनसुकै विषयमा ऋन्एब् १।८ वा त्यस भन्दा वढी प्राप्ताङ्क प्राप्त गर्ने इच्छुक विद्यार्थीहरुले व्यवस्थापन डीन कार्यालयबाट लिइने ऋःब्त् परीक्षामा सामेल भई उत्तीर्ण भए पश्चात बिबिए शैक्षिक कार्यक्रममा भर्ना हुन सक्नेछन् । ‘हाम्रो क्याम्पस, उत्कृष्ट’ क्याम्पस बनाउने दीर्घकालिन अभिलाषालाई पुरा गर्न नयाँ शैक्षिक कार्यक्रम द्यद्यब् लाई प्रारम्भिक चरणदेखि नै उत्कृष्ट कार्यक्रमको रुपमा सञ्चालन गर्नको लागि सम्पूर्ण सरोकारवालाहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको क्याम्पस प्रमुख खगेन्द्र चापागाईले जानकारी दिए ।
वि।स।२०१७ असार २१ गते विधिवत रुपमा महेन्द्ररत्न महाविद्यालय स्थापना भई प्रवीणता प्रमाणपत्र तहको शैक्षिक कार्यक्रमबाट पठन–पाठन सुरुवात भएको थियो । महेन्द्ररत्न बहुमुखी क्याम्पसले आफ्नो सातौं दशकको यात्राको क्रममा अनेक आरोह अवरोहहरु पार गर्दै नेपालको पूर्वी पहाडी भेगको उच्च शैक्षिक केन्द्रको रुपमा स्थापित गर्ने लक्ष्यका साथ नयाँ र बजारको माग अनुसारको शैक्षिक कार्यक्रम संचालन गर्ने योजना बनाएको हो । यस क्याम्पसमा अहिले पाँच वटा विषयमा स्नातकोत्तर तह तथा मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र वि।एस्सी वागवानी संकाय अन्तरगत स्नातक तहको पठनपाठन भइरहेको छ ।
हाल सवै संकाय र तहमा २ हजार ८ सय विद्यार्थीहरु उच्च शिक्षा अध्ययन गरिरहेका छन् । वि।स। २०६६ सालमा त्रि।वि।को पहिलो स्वायत्तता यो क्याम्पसले देशकै पहिलो उष्कृष्ट त्तब्ब्ऋभचतषष्भम आंगिक क्याम्पसको रुपमा समेत पहिचान बनाइसकेको छ ।

