झापामा नवजात शिशुको शव फेला

द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण २०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

झापाः मेचीनगर नगरपालिका–६ स्थित पालिया खोलामा नवजात शिशुको शव फेला परेको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब निरीक्षक ज्ञानकुमार महतोले पूर्व–पश्चिम राजमार्गदेखि करिब सय मिटर दक्षिणमा शिशुको शव फेला परेको जानकारी दिए।

उनका अनुसार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो। शिशु जन्मनेबित्तिकै खोलामा फालेको अनुमान गरिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय