मध्यपहाडी ८ जिल्लामा किसानका साथी कृषि प्राविधिक उत्पादन गर्दै साना सिंचाई कार्यक्रम

द्वारा प्रकाशित गरिएको हो |
२०७९ भाद्र १२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः इलामको सूर्योदय नगरपालिकामा ब्यवसायीक तरकारी उत्पादन र बजारीकरण सम्बन्धी प्रशिक्षक÷प्रशिक्षण उत्पादन तालिम सम्पन्न भएको छ । स्वीस सरकारद्धारा संचालित साना सिंचाई कार्यक्रम, नेपाल कृषि बजार बिकास कार्यक्रमको आयोजना र किसान केयरको सहजीकरणमा प्रदेश १ का ८ जिल्लाका स्थानीय स्रोत ब्यक्तिलाई प्रशिक्षण उत्पादन तालिम दिईएको हो ।

साना सिंचाई कार्यक्रम अन्र्तगत पालिकाहरुमा निर्माण र मर्मत सुधार गरी संचालनमा रहेका सिंचाई योजना मध्ये ब्यवसायिक तरकारी खेतीमा संभावना भएका किसानलाई ब्यवसायीक तरकारी उत्पादन , उत्पादन भएको तरकारीको परिचालन र बजार ब्यवस्थापन गर्न सहयोग गर्ने उद्देश्यले कृषि प्राविधिकलाई ५ दिने प्रशिक्षक÷ प्रशिक्षण तालिम सम्पन्न भएको साना सिंचाई कार्यक्रमका कलष्टर संयोजक केशब लामाले जानकारी दिए ।

लामाले भने ‘दिगो बिकासको लक्ष्य सहित कार्यक्रम संचालन गरिएकाले प्रविधिक मार्फत किसानमा पुग्न खोजीएको हो ।’ साना सिंचाई कार्यक्रमका बलराम श्रेष्ठको अध्यक्षता तथा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो । समापनको अवसरमा सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रदेश १ का ८ जिल्लाका स्थानीय स्रोत ब्यक्ति र स्थानीय पालिकाका कृषि प्रमुख गरी २६ जनाको सहभागीता रहेको तालिममा किसान केयरका शिव यन्धो , सुहृद चापाँगाई , राजिव न्यैपाने लगायतले तालिम दिएका थिए ।
कार्यक्रम समापनको अवसरमा नगर प्रमुख रण बहादुर राइले तीनै तहका सरकारको सहकार्य ,समन्वय र सह(अस्तित्व देखिने गरी साना सिंचाई कार्यक्रमले आफना योजना संचालन गरेको बताए ।

उनले नगरपालिकाको समेत लक्ष्य उत्पादन बृद्धि गरी गरीबी न्यूनीकरण गर्ने रहेको बताए । नगर प्रमुख राईले स्थानीय पालिकामा संचालित सबै कार्यक्रमले दिगो बिकासको लक्ष्य अनुसार काम गर्नु पर्ने बताए । उनले भने ‘बिषादीको प्रयोगले मानव स्वास्थ्य र जलबायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने भएकाले बिषादी रहित कृषि उत्पादन सबै लाग्नु पर्ने जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय