प्रबिन बिसि,फिक्कलः इलामको सुर्योदय नगरपालिका वडा नं १ गोर्खेमा किरात याक्थुङ चुम्लुङको ३३ औ स्थापना दिवस भब्यताको साथ सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष बिक्रम योङहाङ् को सभापतित्व र वीर बहादुर फियाकको आतिथ्यता रहेको उक्त कार्यक्रमलाई बृद्ध चन्द्र बहादुर सम्पादोयले दिप प्रज्वलन गर्दै उद्घाटन गरेको चन्दन किसोर लिम्बुले जनकारी दिएका छन् ।
कार्यक्रममा फिगिरी फेद्ङ्वा ,सेवा साम्बा ,दिवेश इथिङ्गो र भक्तध्व्ज सेरेङ्ले कुल देवता थुमा ,थेवा र हिम्माङ्लाई दियो कलाश राखी बालबिन्ती मागी कार्यक्रम सन्चालन गरिएको लिम्बुले जानकारी दिए ।
२०७२ साल देखि निष्क्रिय रहेको उक्त संस्था विभिन्न कारणले हाल सम्म सन्चालनमा आउन नसके पछि चुङ्लुङको ३४औ स्थापना दिवसको अवशरमा कार्यक्रमको आयोजना गरि यस सस्थाका सदस्यहरुलाई जागुरुप गराईएको हो । अग्रजहरुको योगदानलाई कदर गर्दै जिर्ण अवस्थामा रहेको भवनलाई संरक्षण गर्न्ने हेतुले उक्त कार्यक्रम गरिएको लिम्बुले बताएका छन् ।



करिब ८० जनाको उपस्थिति रहेको सो कार्यक्रममा धन बहादुर सोया र गणेश लिम्बुले लिम्बुहरुको साझा घर चुम्लुङलाई संरक्षण गर्नु पर्ने बताउँदै ,सबै मिलि यसको पहिचान जोगाउन संरक्षण गर्न्नु पर्नेमा जोड दिए ।
कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै चन्दन किसोर लिम्बुले निस्कृय रहेको सस्थालाई सक्रिय ढङ्ले सन्चालन गराउने उदेश्यले सबै लिम्बू समुदाय एक जुट भई अघि बड्नु पर्ने बताए ।
कार्यक्रमलाई समापन गर्दै सस्थाका अध्यक्ष बिक्रम योङहाङ्ले सबैलाई एक हुन अपिल गरे । सनोत फियाकले स्वागत मन्तब्य राखेको कार्यक्रम मन बहादुर ईधिङोले सन्चाल गरेका थिए ।

