इलामः विद्यार्थीसंग अखिल क्रान्तिकारी अभियान इलाममा एक कार्यक्रमका बिच सुरुवात गरिएको छ । अखिल क्रान्तिकारी केन्द्रिय समितिको सर्कुलर अनुसार इलाममा अभियान अघि बढाइएको हो । संगठनका जिल्ला अध्यक्ष नयन बान्तवा राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिब खगेन्द्र सुवेदी, माओवादी केन्द्रका प्रदेश सदस्य कान्छा लावती, जिल्ला अध्यक्ष बिजय खम्बु, सोममाया राई सिन्धु, राम राई, उर्मिला तामाङ, दिपेन राई, राजेन्द्र चौहान लगायतको आतिथ्यता रहेको थियो । विद्यार्थीहरुसंगको सम्बन्ध अझ मजवुत बनाउन अखिल क्रान्तिकारीले अभियान अघि बढाएको हो ।



अभियान अन्र्तगत विद्यालय इकाई समितिहरुमा गएर विद्यार्थीहरुको क्षमता, प्रतिभा प्रस्फुटन र नेतृत्व विकास हुनेगरि रचनात्मक गतिविधि गरिनेछ । इलामका १० वटा पालिकाको एक विध्यालय एक इकाई समिति निर्माण गरिने सहसचिव शेखर तिम्सिनाले बताए ।
बाकी रहेका सबै पालिका सम्मेलनहरु गर्ने जनयुद्धका सहिदहरुको स्मृतिमा फुटबल भलिबल प्रतियोगिता आयोजना जस्ता रचनात्मक कामहरु गरिने उनले बताए । जिल्लाका १० वटै पालिकाका विद्यार्थीसंग जोडिएर त्यहाको समस्या र समाधानका बारेमा समेत बहस चलाइनेछ ।

