फिक्कलः निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल९प्याब्सन ० इलामको ९ औ जिल्ला कार्य समितिको साधारणसभा सूर्योदय नगरपालिकामा सम्पन्न भएको छ । जिल्ला कार्य समितिको अध्यक्ष रगुन गुरुङको अध्यक्षतामा सूर्योदय नगरपालिका–८ शान्तिचोकमा भएको कार्यक्रममा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद खिनु लङ्वा, सूर्योदय नगर प्रमुख रणबहादुर राई, प्याब्सन केन्द्रिय उपाध्यक्ष युवराज बाशिष्ठ, प्याब्सन केन्द्रिय सदस्य विकाश कर्माचार्य लगायतको विशेष आतिथ्यता रहेको थियो ।



जिल्ला कार्य समितिका सचिव छविलाल लम्सालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष टेकेन्द्र बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थियो । सोही अवसरमा अवसरमा इलाम–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य महेश बस्नेत र इलाम–१ को क बाट निर्वाचित प्रदेश सांसद खिनु लङ्वालाई बधाई ज्ञापन समेत गरिएको थियो ।
कार्यक्रममा प्याब्सनमा आवद्ध ८० विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रमको अवसरमा साँझमा प्याब्सन साँझ समेत आयोजना गरिएको थियो । साँझमा गायक किरण योञ्जन, लेखु विवश, रगुन गुरुङ, चन्दन किशोर लिम्बु, तेजेन्द्र तामाङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।

