मनोज अधिकारी
फिक्कल, ०८ फागुन ९रासस० ः उपप्रधानमन्त्री एवं जलस्रोत सिँचाइ तथा ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले विश्वका अगाडि देश माग्ने भइसकेको भन्दै ऊर्जा क्षेत्रमा लगानी बढाएर आत्मनिर्भर बन्नुपर्ने बताउनुभएको छ । सोमबार इलामको रोङ गाउँपालिका स्थित पाथीभरा मन्दिरमा स्थानीय सरकारको व्यवस्थापन सुरुवात घोषणा तथा पूजा कार्यक्रममा बोल्दै लिङ्देनले देश माग्ने भइसकेको बताउनुभयो ।
“विदेशी सँग भेट भयो भने आयोजना सम्पन्न गर्न सहयोग गरिदिनु भन्दै अहिले सम्मको सहयोग राम्रो रहेको भूमिका बाँधीबाँधी माग्ने गरेका छौँ ।” कहिले सम्म मागिरहने रु भनेर प्रश्न गर्दे अब माग्ने काम अन्त्य गर्नुपर्ने र त्यसको लागि ऊर्जामा लगानी गर्नुपर्ने बताउनु भएको छ । पछिल्लो समय राजनीतिमा धेरैको असन्तुष्टि आएकै कारण सबै मिलेर काम गर भन्ने जनादेश रहेको कारण देशलाई शिरमा राखेर काम गर्नुपर्ने उहाँको भनाई छ । देशमा ठुला ठुला नदिहरु रहेको भन्दै त्यसमा लगानी गरेर विदेशमा उत्पादन बेच्नुपर्ने लिङ्देनले बताउनुभयो । आफू मन्त्री भएपश्चात् विद्युत् उत्पादन बढाउन लागेको उहाँको भनाई छ ।



“उत्पादन भएको विद्युत् कहाँ बेच्ने भनेर कसैलाई चिन्ता छ भने स्वदेशमै उद्योग सञ्चालन गर्ने युवालाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।” यहाँ उत्पादन भएको विद्युत् खपतमा कुनै समस्या नआउने भन्दै माग्नेमा भन्दा पनि उत्पादनमा लाग्न उहाँले जोड दिनुभयो । देशमा रहेका ठूलाठुला आयोजना निर्माणका लागि मलेसियामा रहेका २९ प्रतिशत युवालाई सेयर दिने हो भने आयोजना सम्पन्न गर्न कुनै समस्या नहुने भन्दै दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । यहाँका जनताले माग गरेको खोलाका बाँध र सिँचाइ आयोजना निर्माणमा आफू फर्कने वित्तिकै तत्काल प्रक्रिया अघि बढाउने भन्दै आफूमा सह भएको र मैले पुगेको ठाउँमा काम हुने गरेको भन्दै आफ्नै प्रशंसा गर्नुभयो । फरक प्रसङ्गमा उहाँले हिजो चुनावका बेला शत्रु जस्तै गरी लडेका राजनैतिक दलहरू मिलेर सरकारमा बसेको भन्दै जनताले कसैलाई एक्लै सरकार चलाउने जनादेश नदिएको सबै मिलेर काम गर भनेको भन्दै पछिल्लो राजनीति प्रतिको असन्तुष्टि भनेकै जनादेश अनुसारको काम नभएको परिणाम रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जय प्रकाश राईले देशमा राजनीति प्रतिको वितृष्ण पैदा भइरहेको अवस्थामा जनताले के चाहेका छन र दलहरूले के गरिरहेका छन भन्ने तुलना गरेर राजनैतिक दलहरू सुध्रिएर काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले जनताका आवश्यकता अनुसार राजनैतिक दलले काम गर्न नसकेको परिणाम देखा पर्न थालेको भन्दै जनताका आवश्यकतालाई हेरेर काम गर्नुपर्ने बताउनुभयो । सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले पालिकाको आम्दानी हुने संघसंस्था र पर्यटकीय स्थल पालिकाकै मातहतमा सञ्चालन गर्ने हो भने पालिकाको आम्दानी बढ्ने बताउनुभयो । उहाँले रोङ गाउँपालिकाले पाथीभरा मन्दिर पालिकाको क्षेत्राधिकारभित्र ल्याएर आफ्नो आम्दानी थप्न सफल भएको भन्दै इलाम र झापाका चिया बगान सरकारले लिजमा दिएको कारण साना साना कुरामा काम गर्न अवरोध गरिरहेको भन्दै त्यो स्थानीय तहको भएको हुँदा स्थानीय तह मातहतमा बनाएर स्थानीय तहकै आम्दानी बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले कन्याम क्षेत्रमा रहेको मेची राजमार्गको क्षेत्राधिकार भित्र काम गर्न समेत अवरोध गर्ने गरेको भन्दै सरकारी सम्पत्ति सरकारले नै सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
रोङ गाउँपालिकाका अध्यक्ष मनि कुमार स्याङ्वोले गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ जारी गर्दे ऐन विपरीत कसैले काम गरेमा तत्काल निलम्बन गर्ने सम्मको व्यवस्था रहेको बताउनुभयो । कानुन बनाएर विकास समिति गठन नगरी थालनी गरेको यहाँबाट वार्षिक एक करोड भन्दा बढी आम्दानी गाउँपालिकाले लिने लक्ष रहेको बताउनुभएको छ ।


