गाउँमा भलिवल क्रेज

द्वारा प्रकाशित गरिएको हो |
२०८० भाद्र १, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

मनोज अधिकारी
फिक्कलः गाउँमा भलिवल क्रेज बड्दै गएको छ । इलामको सूर्योदय नगरपालिका—१ धापमा हरेक दिन भलिवल खेलको अभ्यास हुने गर्छ । धाप,धजे,मकरजुङ्ग, गोर्खे लगायतका गाउँबाट आफ्आफ्नै टिम बनाएर प्रत्येक दिन अपराह्न यहाँ युवाहरु प्रतिस्पर्धात्मक खेल खेल्ने गरेका हुन् ।

गएको साउन महिनाबाट स्थानीय सागर पोख्रेलको खाली जग्गामा ग्राउन्ड बनाएर उनिहरुले अभ्यासलाई नियमितता दिन थालेपछि समिति बनाएर खेलको प्रवर्धन गर्ने प्रयास शुरु भएको छ ।

धाप—धजे खेलकुद समिति बनिएको केहि समयमै ४ दिवशीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । शुक्रबार उद्घाटन भएको उक्त प्रतियोगिता आगामी ४ गते नागपञ्चमीको अवसरमा समापन गरिने भएको हो ।

पछिल्लो समय युवाहरु धुम्रपान,मध्यपान जस्ता कुलतमा फस्न थालेपछि खेलकुदको माध्यमबाट सभ्य समाजको निर्माण गर्ने उद्धेश्यले खेल आयोजना गरिएको सल्लाहकार समितिका सागर पोख्रेलले बताउनुभयो । “खेलले मनोरञ्जन मात्र दिँदैन । यसले अनुशासन सिकाउँछ ।” उहाँले भन्नुभयो, “हामीले खेल कम्पाउन्ड भित्र खेल्लाडी वा दर्सक कसैलाई कुनैपनि प्रकारको धुम्रपान तथा मध्यपान प्रयोगमा पुर्ण निषेध गरेका छौँ ।”

युवा जमात मोबाईल फोनमा झुन्डिएर बेकामे भईरहेका बेला खेलकुदमा आबद्ध बनाएर शारिरिक तथा मानसिक रुपमा स्वस्थ्य बनाउने र दक्ष खेल्लाडी उत्पादन गर्ने लक्ष्य राखेको आयोजक समितिका अध्यक्ष लक्ष्मण मुखियाले बताउनुभयो ।

गाउँका युवा मिलेर खेलकुदमा यति महत्वपुर्ण प्रयास गरिरहेपनि वडाले भने सहयोगमा कुनै चासो नदेखाएको आयोजकको गुनासो छ । सल्लाहकार पोख्रेलले भन्नुभयो, “हामीले वडामा निवेदन पनि दियौँ । तर, सहयोग पाउन सकेका छैनौ । बरु सिफारीस बनाई मागेर नगर पुग्दा चैँ १० हजार बराबरको खेल सामाग्री पाएका छौँ ।” स्थानीय सरकारले गाउँका युवालाई प्रोत्साहन गर्न सकेमात्र खेलकुद क्षेत्रमा आकर्षण बढ्ने देखिन्छ ।

शुक्रबार आयोजक ए र मेहेलबोटे निलो बिच भएको उद्घाटन खेलमा मेहेलबोटेले विजयी शुरुवात गरेको छ । त्यसैगरी दोश्रो चरणको खेलमा मकरजुङलाई हराउँदै ओएसीस जील बी ले अघिल्लो यात्रा तय गरेको छ । शुक्रबारको तेश्रो खेलमा आयोजक बी ले ओएसीस जील ए लाई हराएको छ । आज हुने भनिएको अन्तिम खेलमा वडा नं १२ अनुपस्थित भएपछि मेहेलबोटे रातो विजयी घोषित भएको छ । भोली छनौट चरणको अन्तिम खेल वडा नं १० र त्रिवेणी युवा क्लब बिच हुने आयोजकले जनाएको छ । भाद्र ३ गते सेमिफाईनलका दुई खेल हुनेछन् ।
प्रतियोगिताको विजेतालाई नगद दश हजार साथमा मेडल र प्रमाणपत्र दिईने छ भने दोश्रो हुने टिमलाई नगद पाँच हजार साथमा मेडल र प्रमाणपत्र वितरण गर्ने तयारी छ । सिमित श्रोत जुटाएर प्रतियोगिता गर्न लागिएकाले पुरस्कारमा माटो रकम राख्न नसकिएको आयोजक बताउँछ ।

खेललाई राष्ट्रिय रेफ्री गणेशमान बेगाले सहजीकरण गराईरहनु भएको छ । २०६२ सालमा पोखरामा सम्पन्न राष्ट्रियस्तरको भलिवल पतियोगीतामा रेफ्री बन्नुभएका बेगासंग भलिबल खेल अम्पायरको लाईसेन्स समेत छ ।

आयोजक समितिका सचिव सलिन तामाङका अनुसार, समापनको दिन नजिकैको नाग मन्दिरमा नाग पुजा लगाईँदैछ । सो अवसरमा जनपृय टोल धाप र धजे टोलका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । साथै गएको एसईई नतिजा र कक्षा १२ को नतिजामा उत्तिर्ण विद्यार्थीहरुलाई समेत पुरस्कृत गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय