इलामः स्वतन्त्र विद्यार्थी युनियन मरव क्याम्पसको आयोजनामा भएको अन्तर क्याम्पस गोल्ड कपको उपाधी दमक बहुमुखी क्याम्पसले चुमेको छ । शनिबार इलामको ठुलो टुँडीखेलमा सम्पन्न खेलमा महेन्द्र क्याम्पस धरानलाई एक गोल गर्दे दमकले उपाधी उचालेको हो ।
मध्यान्तर अघि नै दमकका किस्मत लिम्बुको प्रहार गरेको बललाई डिफेन्डर जर्सी न चारका प्रविनले हेडमार्फत बाहिर फालेको बल आत्मघाती बन्न पुग्यो । उक्त गोल नै दमकको लागि उपाधीको गोल बन्यो ।
यो सँगै दमक बहुमुखी क्याम्पसले दुईलाख रुपैयाँ हात पारेको छ भने महेन्द्र बहुमुखि क्याम्पस धरान उपविजेता बन्दै एक लाख रुपैयाँ प्राप्त गरेको छ । मध्यान्तर अघि एक गोलले पछि परेको धरानले मध्यान्तर पछि निकै आक्रामक खेल प्रदर्शन गयो ।
अधिकाश समय दबाबमा राखेको महेन्द्र क्याम्पसले गोल गर्न भने सकेन । मध्यान्तर पछि पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा आत्मा घाती गोलका कारण उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो फाईनल खेल प्रतिनिधिसभा सदस्य सुहाङ नेम्माङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा दमक बहुमुखी क्याम्पस झापा, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार सुनसरी, मरव क्याम्पस इलाम, पाथीभरा बहुमुखी क्याम्पस ताप्लेजुङ, दार्जिलिङ गर्भमेन्ट क्याम्पस भारत, गौरा दह क्याम्पस झापा, महेन्द्र बहुमुखी क्याम्पस धरान र मेची बहुमुखी क्याम्पस झापाको सहभागिता रहेको थियो ।