भारतमा सम्पन्न भलिवल प्रतियोगिताको उपाधी इलामको गोर्खेलाई

द्वारा प्रकाशित गरिएको हो |
२०८१ पुष १४, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सन्देश खड्का, इलामः भारतमा सम्पन्न ‘स्व.अञ्जना राई स्मारक हाते भकुण्डो प्रतियोगिता’ को उपाधी इलामको सूर्योदय नगरपालिका–१ स्थित गोर्खे टीमले चुमेको छ ।

भारत मझुवा युथ अर्गनाइजेशनको आयोजनामा गत २६ डिसेम्बर (बिहिबार) सम्पन्न फाईनल खेलमा गोर्खेले भारतको ‘एनएफटी सेभेन मेम चिया बगान’लाई लगातार तीन सेटमा पराजित गर्दै गार्खे उपाधी चुम्न सफल भएको हो ।

उपाधीसँगै गार्खेले भारतीय रुपैया नगद एक लाख ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजयी एनएफटीले भारतीय पचास हजारमा चित्त बुझाएको छ ।

५ अक्टोबरबाट सुरु भएको खेलमा नेपाल र भारतका गरी २० टीम सहभागी थिए ।

स्थानीयस्तरमा नियमित खेल अभ्यास गर्ने यहाँका खेल्लाडीहरुले अन्तराष्ट्रिय मैदानमा पुगेर ठुलो पुरस्कार रासीको उपाधी हात पार्न सफल हुनुले खेलकुद क्षेत्रमा दरिलो सम्भावना देखिएका गोर्खेका स्थानीय विनोद मास्केले बताउनुभयो ।

खेल्लाडीहरुलाई नजिकैको सरकारले प्रोत्सान गर्नुपर्ने मास्केको भनाई छ ।

‘राम्रो खेलमैदान छैन । नेट र भलिवलसम्म राम्रो छैन । तैपनि हामी हरेक दिन भेला भएर नियमित अभ्यास गर्छौँ ।’ खेल्लाडी सुमन खड्काले भन्नुभयो, ‘खेलकुद प्रतिको दृष्टिकोण फराकिलो हुन सकेको छैन । स्थानीय सरकारले थारै बजेट छुट्र्याइदिए हामीलाई थप उर्जा मिल्नेछ ।’

भलिभल क्षेत्रमा भविश्य खोजिरहेका युवाको सपना पुरा गर्न सरकारले ध्यान दिनुपर्ने गोर्खेका अनिल लिम्बूले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय