सूर्योदयको उत्तरे भञ्ज्याङमा वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०८१ फाल्गुन २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

प्रबिन विसी, लक्ष्मीपुरः एन।आइ।सि।एशिया लघुवित्त वित्तीय संस्था लि। शाखा कार्यालय तिनघरेले एक दिने वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । आज(सनिबार) सूर्योदय नगरपालिका वडा नं १३ र १४ को संगमस्थल उत्तरे भञ्ज्याङमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एन।आइ।सी। एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड कोशी प्रदेश अन्तर्गत तिनघरे शाखा कार्यालयका कर्जा असुली अधिकृत भोजराज न्यौपानेले वित्तीय सम्बन्धी प्रशिक्षण दिनुभएको थियो। ऋणीहरूले संस्थाबाट लिएको ऋणलाई कहाँ र कसरी खर्च गर्ने भन्ने विषय सम्बन्धी सन्देशमूलक भिडियो देखाई, घरको खर्च र वित्तीयको नियम सम्बन्धी उक्त कार्यक्रममा प्रशिक्षण गराइएको थियो।

प्रत्येक वर्षको यसै समयमा सम्पूर्ण वित्तीय संस्थामा आबद्ध रहेका सदस्य तथा सेवा लिन उत्सुक भएका व्यक्तिहरूलाई संस्थाको नियम संस्थाले दिने फाइदा र संस्थाको उद्देश्य बारे सचेतनामूलक वित्तीय बारे छलफल गरी एक दिने साक्षरता तथा पुनर्ताजगी कार्यक्रम गर्नु उद्देश्य रहेको शाखाका प्रबन्धक देविन ढकालले जानकारी दिनुभयो।

वित्तीयक्षेत्रअन्तर्गत ऋणीहरुले आफूले तिरिने मासिक साँवा र ब्याजदरलाई वित्तीय संस्थाका कर्मचारीहरु आउनुहुँदा बिना भौचर वा बिना आधार कैले पनि भुक्तानी गर्नु नहुने संस्थाका कर्मचारी अनिश कटेलले बताउनुभयो ।

संस्थाका सदस्य भीमप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।, उहाँले भन्नुभयो हालसम्म वित्तीय संस्थाबाट उद्यमशीलताहरूको लागि वित्तीय संस्थाले गरेको लगानी प्रभावकारी भएको छ । तर , कसैको सोर्स वा फोर्सले बिना उद्यमीहरूलाई लगानी गर्दा समाजमा देखिएका विविध समस्या हाल गर्न अझ कडाइका साथ लागि पर्नुपर्ने , संस्थाहरू कुनै व्यक्ति वा कुनै संस्थासँग काम गर्दा नबुझी गरेको लगानीले घर लिलामदेखि व्यक्तिको निधनसम्म पुगिरहेको उहाँले दुखेसो पोख्नु भयो । अब आउँदा दिनहरूमा वित्तीय संस्थाहरूले राम्रो अनुसन्धान गरी प्रभावकारी लगानी गरी समाजका लागि उत्तरदायित्व बन्न वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहोस् भने शुभकामना व्यक्त गर्नुभयो ।

नेपालभरी ७४ वटा जिल्लामा २७८ वटा शाखा रहेको यस एनआइसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय साक्षरता अभियानको मूल पक्षका रुपमा लिएर वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण र वित्तीय सशक्तीकरणलाई ध्यान दिई व्यवसायहरु सञ्चालन गरी आय–आर्जन गर्न प्रेरणा प्रदान गर्दै वित्तीय चेतनालाई सकारात्मक पक्षहरुबारे ज्ञान प्रदान गरी कर्जा,बचत र बीमा सम्बंधमा कार्यक्रममा व्यापक जानकारी गराइ शाखामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा ५० जना सदस्य तथा अभिभावक हरुको सहभागितामा भव्यताका साथ समापन गरिएको देविन ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय