इलाम साहित्य समाजको नेतृत्वमा सुरेन्द्र राईः साहित्य पुरस्कार स्थापनाको तयारी

द्वारा प्रकाशित गरिएको हो |
२०८१ चैत्र ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सुनिता खालिङ(राई)
इलामः इलाम साहित्य समाजको छैटौं अधिवेशनले सुरेन्द्र राई लाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । साथै उपाध्यक्षमा दीपक लुङ्गेली र महेन्द्र बिरही,सचिबमा रोशन राई, सहसचिबमा कविता राई, कोषाध्यक्षमा बालिका थपलिया निर्वाचित हुनुभएको छ । अधिवेशनले सदस्यहरुमा क्रमश अन्वेश थुलुङ,टीका कटुवाल ,सुगम खत्री,बच्चु हिमांशु ,सविता पाण्डे ,सुनिता खालिङ, मनिषा अधिकारी,अर्जुन योङहाङ पूजा भारद्वाजलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष राईले २०७६ सालमा स्थापना भएको संस्थाको हालसम्मको गरिमा बचाउँदै समानुकुल संस्थालाई गतिशीलता प्रदान गर्न कटिबद्ध रहेको बताउनु भयो ।साधारण सभाको उद्घाटन सत्रमा अध्यक्षले संस्थाले हालसम्म गरेका कामहरुको बारेमा र सचिवले आगामी कार्ययोजनावारे प्रतिवेदन प्रस्तुत गरेका थिए । अधिवेशनले इलाम साहित्य महोत्सवको चौंथो संस्करण सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्ने संघ संस्थाहरुलाई धन्यवाद प्रस्ताव पारित गर्दै आगामी संस्करण थप प्रभावकारी बनाउने निर्णय समेत गरेको छ।

नवनिर्वाचित उपाध्यक्ष दीपक लुङ्गेलीले निकट भविष्यमा १५ लाख बराबरको अक्षय कोष खडा गरि “इलाम साहित्य पुरस्कार” स्थापना गर्ने जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय