किसान सूचीकरण र माटो परिक्षण गर्दै सूर्योदय

द्वारा प्रकाशित गरिएको हो |
२०८१ चैत्र ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मनोज अधिकारी
इलामः सूर्योदय नरपालिकाले किसान सूचीकरण र माटो परिक्षणको काम गरिरहेको छ । विगत बर्षमा नै वडा नं ९ देखि १४ सम्मका किसानको सूचिकरण सम्पन्न गरेको नगरपालिकाले यतिबेला वडा १ देखि ८ सम्मका सम्पूर्ण किसानका घर–घरमा पुगेर सूचीकरण गरिरहेको हो ।

सहजीकरणका लागि १७ जना कर्मचारी छनोट गरि दुई दिने तालिम दिएर गाउँ पठाईएको कृषि शाखा प्रमुख प्रज्ञा पोखरेलले बताउनुभयो । ‘किसानको डाटा संकलन गर्न, उनिहरुको औपचारिकताको पहिचान गराउन यो कार्यक्रम बाँकी रहेका १ देखि ८ सम्मका वडामा चलिरहेको छ ।’ शाखा प्रमुख पोखरेलले भन्नुभयो, ‘सूचीकरणले किसानको औपचारिकताको पहिचान मिल्छ । सरकारलाई किसान लक्षित योजना बनाउन र किसानलाई सेवा सुविधा लिन पनि सजिलो हुन्छ ।’

यस्का साथै शाखाले चाँडै माटो परिक्षण सिविर सञ्चालन गर्दैछ । सिवरि सञ्चालन गर्नलाई यतिबेला माटोको नमुना संकलन गर्न काम सुरु भएको पोखरेलले बताउनुभयो । त्यसका लागि शाखाले सूचना प्रकासन गरिसकेको छ । ‘चैतको १३ गते सम्ममा नमुना संकलन सक्ने लक्ष्य छ ।’ उहाँले भन्नुभयो, ‘माटोमा नाट्रोजन, फस्फोरस, पोटास लगायत केके पदार्थ छ । पिएच कस्तो छ । प्रागारिक पदार्थ कति छ, लगायका सम्पूर्ण सुक्ष्म तत्वहरु अध्ययन गर्नलाई परिक्षण भैरहेको हो ।’

कृषि शाखाले किसानलाई निशुल्क बीउबीजन वितरण गरिरहेको छ । तर, जानकारी अभाव हुँदा कतिपय किसानले उक्त् सुविधा लिन नपाएको गुनासो छ । हाल सिँबि, रायो, मुला र धनीयाँको बीउ वितरण शाखाले जनाएको छ । सूर्योदय नगरपालिकाको सफ्टवेयरमा विवरण भर्नुपर्ने भएकाले सेवा लिन आउँदा अनिवार्य नागरिकता ल्याउनुपर्ने बताईएको छ ।

चालु आर्थिक बर्षमा शाखाले गर्ने कार्यक्रम मध्ये अब बेसार खेती प्रवर्धन, अदुवा खेती प्रवर्धन कार्यक्रम बाँकी छ । त्यसका साथै चिया गुणस्तर प्रवर्धन अन्तर्गत टिपानी ढुवानीमा चियाको मेसिन वितरण गर्न शाखाले आवेदन माग गरिसकेको पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार, अनुदानमा प्लास्टिक टनेल वितरण, भकारो सुधार कार्यक्रम, लागत साझेदारीमा मल्चिङ प्रविधिका कार्यक्रम पनि बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय