मुक्ति समाज इलामको तेस्रो नगर अधिवेशन सम्पन्नः नाटककर्मी पोर्तेल सम्मानित

द्वारा प्रकाशित गरिएको हो |
२०८२ पुष ८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

योगेन्द्र शंकर
इलामः मुक्ति समाज नेपाल इलाम नगर कमिटीको तेस्रो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अवसरमा मुक्ति समाज नेपाल इलाम नगर कमिटीले इलामका लेखक, कलाकार तथा नाटककार सुरेश पोर्तेललाई सम्मान गरेको छ । पोर्तेलद्वारा लिखित तथा निर्देशित लघु चलचित्र ुअन्तिम रापुसमेत त्यस अवसरमा प्रदर्शन गरिएको छ ।

समाजमा रहेको जातीय विभेद तथा छुवाछूत र दलित समुदायले भोग्नुपरेको वर्तमान अवस्था, समस्या चलचित्रमा समेटिएको छ। चलचित्र प्रदर्शनपछि पोर्तेललाई दोसल्ला ओढाएर अभिनन्दन ९सम्मान ०समेत गरिएको हो । यो लघु चलचित्र राष्ट्रिय लघु चलचित्र महोत्सवमा तेस्रो स्थानमा पर्न सफल चलचित्र पनि हो ।

यस अवसरमा दीप प्रज्वलन गरी मुक्ति समाज नेपालको ३८औं स्थपना दिवस पनि मनाइएको छ । देशभरिका सम्पूर्ण दलितहरू एक होऔँ भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको थियो ।

इलामस्थित रत्नवम स्मृति भवनमा सम्पन्न अधिवेशनमा दलित समुदायको हक, अधिकार, सामाजिक न्याय तथा संगठन सुदृढीकरणका विषयमा छलफलसमेत गरिएको थियो।

मुक्ति समाज नगर अध्यक्ष बलराम बराइलीको अध्यक्षता तथा नेकपा ९एमाले० कोशी प्रदेश सदस्य एवं दलित मुक्ति आन्दोलनका अगुवा देवेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा एमाले जिल्ला सदस्य तथा मुक्ति समाज फॉट इन्चार्ज मनकुमार बराइली, एमाले इलाम नगर उपाध्यक्ष दीपेन्द्र चापागाईं, सचिव नारद लम्साल, मुक्ति समाज नेपाल जिल्ला कमिटी इलामका पदाधिकारी, सदस्यहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा मुक्ति समाज नेपालको ऐतिहासिक योगदान र आगामी कार्यदिशाबारे पनि चर्चा गरिएको आयोजकले जनाएको छ ।
तेस्रो नगर अधिवेशनले सुवास गहतराजको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय