पुस २३ बाट सुरु हुँदै टारी गोल्डकपः खेलाडी र अम्पायरको दुर्घटना बिमा

द्वारा प्रकाशित गरिएको हो |
२०८२ पुष २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

खेमराज ढकाल÷विशाल साउदेन

इलामः इलामको सन्दकपुर गाउँपालिका ३, टारीमा आयोजना गरिने टारी गोल्डकपका खेलाडीको दुर्घटना बिमा गरिएको छ । ग्रामीण क्षेत्रमा फुटबल प्रतियोगिता आयोजना गर्न नै आयोजकलाई आर्थिक हिसाबले निकै बोझ हुनेगरेका बेला टारी फुटबल क्लबले भने खेलाडी सुरक्षित बनाउन उनीहरूको बिमा गरिदिएको हो ।

खेल अवधिमा कुनै दुर्घटना भए उनीहरूलाई १ लाख रुपैयाँसम्म रकम दिनेगरी आयोजकले ६२ पुरुष खेलाडी र ४ अम्पायरको बिमा गरिदिएको आयोजक टारी फुटबल क्लब सचिव रुपेनराज नेम्बाङले जानकारी दिए । ‘इन्स्योरेन्सले खेलाडीमा आत्मबल बढाउँछ, खेललाई व्यावसायिक बनाउन पनि सघाउँछ,’ सचिव नेम्बाङले भने, ‘दुर्घटनाको जोखिम बहन गरिएपछि खेलाडीलाई मात्र होइन, आयोजकलाई पनि सहज हुन्छ । यो आयोजकप्रतिको विश्वास र भर पनि हो ।’

निको इन्स्योरेन्समा उनीहरूको बिमा गरिएको हो । अहिले खेलाडीको नाम उल्लेख छैन । तर, खेल सुरु हुनअघि खेलाडी र अम्पायरको नाम अनिवार्य रूपमा बिमकलाई बुझाउनुपर्ने सर्त रहेको जनाइएको छ ।

टारी गोल्डकप तथा सांस्कृतिक महोत्सव यही पुस २३ देखि माघ १ सम्म आयोजना गरिँदैछ । माघे संक्रान्ति अवसरमा हरेक वर्ष सञ्चालन हुने प्रतियोगिता यसवर्ष पनि आयोजना गरिएको हो ।

यसपटक खुला फुटबल, भेट्रान र नवयुवा ९अन्डर १४० समूहका प्रतियोगिता आयोजना गरिनेछ । खुला पुरुषतर्फ १६ टिम सहभागी हुनेछन् । यो समूहका विजेताले नगद ७० हजार र उपविजेताले ३५ हजार नगद पाउनेछन् । भेट्रानतर्फ ८ टिम सहभागी हुनेछन् । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार पाउनेछन् । नवयुवाको प्रतिस्पर्धाका विजेताले नगद १० हजार तथा उपविजेताले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । टिम दर्ता यसपटक निःशुल्क गरिएको छ ।

यो प्रतिगोगिता फुटबलका लागि मात्र नभई स्थानीय संस्कृति संरक्षणको माध्यम पनि भएकाले विभिन्न जातजातिका सांस्कृतिक झाँकी, रैथाने खाना र स्थानीय उत्पादनको बजार प्रवद्र्धन पनि लक्ष्य रहेको आयोजक अध्यक्ष महेन्द्र साउदेनले बताए ।

यस पटक क्लबले आफ्नै मैदानमा पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो । from palikapage

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय