सवारी दुर्घटनामा प्युठानका एकजनाको मृत्यु, पाँचजना घाइते

द्वारा प्रकाशित गरिएको हो |
२०७७ श्रावण ११, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

११ साउन, काठमाडौं । सवारी दुर्घटनामा परि प्युठानका एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

आइतबार रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा सवारी दुर्घटना हुँदा एक प्युठानको स्वर्गद्वारी नगरपालिका–६ का ४० वर्षीय होमबहादुर घर्तिमगरको मृत्यु भएको हो ।

बुटलदेखि पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दुर्घटना भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय