
१४ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका १४ र भक्तपुरका १ जना समेत रहेका छन् ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका १४ सहित थप २१० जनामा संक्रमण पुष्टि भएको बताए ।
पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् भने कूल संक्रमण निको हुनेको संख्या १४ हजार २१ पुगेको छ । यस्तै हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ ।


