पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार १ सय ५६ जना संक्रमित फेला

द्वारा प्रकाशित गरिएको हो |
२०७७ भाद्र १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । छिमेकी मुलुक भारतमा आज पनि नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा ८४ हजार १ सय ५६ जना संक्रमित भएसँगै शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३९ लाख ३३ हजार १२४ पुगेको हो ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसका संक्रमितहरू भारतमै फेला परेका छन् । संक्रमितमध्ये अहिलेसम्म ३० लाख ३२ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ३१ हजार ६३९ जना जनाको उपचार भइरहेको छ । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६८ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १०८३ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६८ हजार ५६९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय