काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को महाधिवेशन आगामी चैतमा गर्ने निर्णय भएको छ।
शुक्रबार बसेको स्थायी कमिटी बैठकले ०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
महाधिवेशनबारे छलफल गर्न नेकपाले केन्द्रीय समितिसमेत आह्वान गरेको छ।
कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकमा महाधिवेशन तयारीबारे छलफल हुने श्रेष्ठले जानकारी दिए।
नेकपाको जारी स्थायी कमिटी बैठक आज सकिएको उनले बताए।