माक्सवादी अध्ययन केन्द्र सूर्योदय नगर कमिटीको प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलःमाक्सवादी अध्ययन केन्द्र सुर्योदय नगरपालिका नगर कमिटीले पहिलोपटक प्रशिक्षणात्मक तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ। माक्सवादी अध्ययन केन्द्र नगर कमिटी गठन भएयताको यो पहिलो कार्यक्रम भएको प्रदेश कमिटी सदस्य दिनेश ढकालले जानकारी दिनुभयो । पछिल्लो समयका युवापुस्तामा अध्ययन गर्ने परिपाटि कम भएकाले यसको विकास गर्दै समाजको अर्थपुर्ण र सकरात्मक परिवर्तनमा युवालाई जागरुप बनाउन प्रशिक्षणात्मक कार्यक्रम आयोजना गरिएको नगर कमिटी अध्यक्ष चेतन अधिकारीले बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा) ईलाम जिल्ला कमिटी सचिवालय सदस्य तथा सुर्योदय न.पा.का प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । नगरप्रमुख राईले सहभागिलाई प्रशिक्षण दिँदै,अध्ययन,खोज र अनुसन्धानबाट मात्र सफलता प्राप्त हुने भएकाले बैचारिक छलफल तथा अन्तरक्रिया नियमित हुनुपर्ने बताउनुभएको छ ।

मानबहादुर गुरुङ (एम.बी)को अध्यक्षतामा २४ सदस्यीय इन्स्टिच्युट अफ क्रिटिकल डाइलोग्स इलाम जिल्ला कमिटी गठन भए सँगै गत आश्विन १९ गते चेतन अधिकारीको अध्यक्षतामा सुर्योदय नगर कमिटी पनि गठन गरिएको थियो ।माक्सवादी अध्ययन, प्रचार, बैचारिक छलफल तथा अन्तरक्रिया गर्ने उद्धेश्यले कमिटी स्थापना गरिएको हो ।

नगर कमिटी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न कार्याक्रममा ने.क.पा सचिवालय सदस्य चित्रकला बराईली, सुर्योदय नगर संगठन कमिटी सचिवालय सदस्य देवेन्द्र शर्मा,पेमा उगेन लामा,अनेरास्ववियू ईलाम जिल्ला कमिटी सहसंयोजक विपिन पोख्रेल ,माक्सवादी अध्ययन केन्द्र ईलामका अध्यक्ष मानबहादुर गुरुङ ,युवासंघ नेपाल सूर्योदय नगर कमिटी संयोजक युवराज प्रधान,अध्ययन केन्द्रका कार्यलय सचिव संजिव थामि, युवा संघ जिल्ला खगेन्द्र बास्तोला,अनेरास्ववियु जिल्ला सदस्य विपिन ढकाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा चित्रकला बराईली,देवेन्द्र शर्मा,पेमा उगेन लामा,मानबहादुर गुरुङले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सृजना राईले र शुभकामना मन्तव्य संजोग घिमिरेले राख्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय