ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट हटाइयोःजिम्मेवारी हेरफेर

द्वारा प्रकाशित गरिएको हो |
२०७७ आश्विन २८, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल हेरफेर गरेका छन् । उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर पोखरेलको जिम्मेवारी हेरफेर गरिएको हो ।

अब पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने जिम्मेवारी मात्रै पाएका हुन् । रक्षा मन्त्रालय स्वयम् प्रधानमन्त्री ओलीले आफूसँग राखेका छन् । यसैबीच मन्त्रिपरिषद् पनि बुधबार पुनर्गठन भएको छ । जसमा अर्थमन्त्रीको रूपमा विष्णु पौडेल भित्रिएका छन् ।

त्यस्तै शहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा लीलानाथ श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ मन्त्रालयको नेतृत्व रिक्त रहेको थियो ।

खतिवडालाई हाल अमेरिकी राजदूतको रूपमा नियुक्त गर्ने गरी सिफारिस गरिएको छ । त्यस्तै सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको घूस मागेको श्रव्य सामग्री बाहिरिएपछि राजीनामा दिएसँगै उक्त पद पनि खतिवडालाई नै दिइएको थियो ।

त्यस्तै शहरी विकास मन्त्रालय भने समाजवादी पार्टीका तर्फबाट सरकारमा रहेका मोहम्मद इस्तियाक राईले राजीनामा दिएपछि रिक्त रहेको पदमा श्रेष्ठलाई लगिएको हो । नयाँ मन्त्रिमण्डल गठन गरेसँगै नेकपामा एक खाल्को तरंग पैदा भएको छ ।ब्लाष्टखबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय