झण्डि डाँँडामा आउने पर्यटकको रोजाई क्याम्प फायरःपहिलो होमस्टे स्थापना

द्वारा प्रकाशित गरिएको हो |
२०७७ मंसिर ५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल,रोङः छोटो समयमा चर्चा बटुलेको ईलामको रोङ ६ को झण्डिडाँडामा आउने पर्यटकहरुको रोजाई क्याम्प फायर बनेको छ ।
झण्डिडाँडामा आउने पर्यटकहरु रातभर डाँडामा आगोबालेर बस्न र आगोमा विभिन्न परिकारहरु पोलेर डाँडामा नै टेन्डमा रात बिताउँदै बिहान सूर्योदयको दृश्यावलोकन हेरेर फर्कने गरेका छन् ।

पर्यटकहरुको सहजताको लागि स्थानिय किरात फ्रेड्न्स क्लव र अन्य युवाहरुले पाहुनाको लागि मागअनुसारको सामाग्रि जुटाईदिने गर्दा पाहुनालाई सहजता भएको छ ।पर्यटकहरुलाई चाहिने खानेकुरा दाउरा,पानी लगायतको सामाग्रीहरु स्थानिय युवाहरुले न्युनतम शुल्कमा दिने गरेका छन् ।रातभर डाँडामा आगो ताप्दै नाचगान र चप्लेटि ढुङ्गामा मासु पोलेर खान पाउँदा अति नै उत्साहित भएको ईटहरिबाट झण्डी घुम्न आएको पर्यटन ब्यवसायि सुशील राजभरले बताए ।


गाउपालिकाले रोङ ६ मा रहेको झण्डी डाँडामा सामान्य पुर्वाधार बिकास गरेसँगै नेपालका विभिन्न स्थानबाट हुलका हुल पर्यटकहरु आउन थालेका छन् ।यहाँ दैनिक सरदर १ सय भन्दा बढि पर्यटकहरु आउने गरेको र २ देखि ४ समुहसम्म क्याम्प फायर गरेर बस्ने गरेका छन् ।
ईलामको हरकटेबाट ९ किलो मिटर र झापाको काँकडभिट्टाबाट १७ किलोमिटरको उत्तरमा पर्ने झण्डि डाँडाको फेदिमा मेचि खोला रहेको छ । नेपालको हिमाल पहाड तराई,भारत र भुटान साथै सूर्योदयको दृश्याबलोकन सँगै अनकन्टारको गिद्दे पहरो र हरियालि बनको दृश्य एकै साथ हेर्न पाउने र स्थानिय परिकार समेत चाख्न पाउँदा झण्डि पर्यटकहरुको रोजाई बन्दै गएको हो ।

पर्यटकहरुको आगमन बढेपछि आसपासका गाउँमा होमस्टेको स्थापना थालिएको छ । रम्भ्याङ्गका दशरथ रिजालले पहिलो होम स्टे स्थापना गरेका छन् ।उनले स्थापना गरेको होमस्टे धमाधम बुक हुन थालेको रिजालले बताए । यता रोङ गाउपालिकालाले पनि स्थानिय स्तरमा पुर्वाधार बिकास सँगै हामस्टेको स्थापना बिकासमा लाग्नको लागि तत्काल काम थालिने गाउपालिकाका उपाध्यक्ष चन्द्रकला राईले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय