
फिक्कलःसूर्योदय नगरपालिकाले फोहोरमैला व्यवस्थापनका लागि नगरस्तरीय सरसफाइ अभियान सुरु गरेको छ । अभियानको एक कार्यक्रम बिच नगरप्रमुख रण बहादुर राईले शुरुवात गरेका छन् । सरसफाई अभियानको थालनी कार्यक्रममा नगर उप्रमुख दुर्गादेवि भट्टराई, वडा ८ का अध्यक्ष सुवास राई, १० का वडाध्यक्ष पेमा उगेन लामाको उपस्थिति थियो । अभियानमा नगरका जनप्रतिनिधिहरु, स्थानीय सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितको सहभागिता रहेको छ । नगरपालिकाको केन्द्र रहेको फिक्कल चोक बजारबाट थालनी सबै वडामा संचालन भएको थियो । १४ वटै वडाहरुमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी र टोल विकास संस्थाहरुको सहभागितामा एकै साथ सरसफाइ कार्यक्रम सम्पन्न भएको नगर प्रमुख रणबहादूर राईले बताए ।


