अन्तराष्ट्रिय बजार पहुँच सम्बन्धी तालिम इलामको सूर्योदयमा सुरु

द्वारा प्रकाशित गरिएको हो |
२०७७ चैत्र १०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कल,सम्भावित अन्तराष्ट्रिय बजारमा पहुँच बिषयका ४ दिवसीय तालिम इलामको सूर्योदय नगरपालिकामा सुरु भएको छ । स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारको पहुँचमा पु¥याउने उद्धेश्यले नगर कार्यपालिकाको हलमा सुरु भएको तालिममा प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरी २५ जनाको सहभागिता रहेको छ । तालिमका सहभागिहरुलाई व्यपार तथा निकासी प्रर्वद्धन केन्द्रका विज्ञहरुले सहजीकरण गरिरहेका छन् ।

स्थानीय कृषि उत्पादनलाई विश्व बजारमा कसरी बजारीकरण गर्न सकिन्छ भन्ने बारेमा तालिम उपयोगी रहने नगर प्रमुख रणबहादुर राईले बताए । व्यपार तथा निकासी प्रर्वद्धन केन्द्रले २५ जनालाई तालिम दिएर कृषि व्यवसाय मार्फत कृषि उद्धमशिलता प्रर्वद्धन गर्ने उद्धेश्य रहेको नगर प्रमुख राईले बताए । नगर प्रमुख राईले लामो प्रयासपछि उपलब्ध भएको तालिमले सूर्योदय क्षेत्रको कृषि उपजलाई विदेश निर्यात गर्न सिप र ज्ञान प्राप्त हुने विश्वास लिएको बताए ।

कार्यक्रममा बोल्दै व्यपार तथा निकासी प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले तालिम प्राप्त गरेपछि स्थानीय उत्पादनलाई अन्तराष्ट्रिय बजारको पहुँचको बारेमा जानकारी प्राप्त हुने बताए । ‘तालिमपछि आफ्नै अफिसमा बसेर नेपाली बस्तुलाई कसरी अन्तराष्ट्रिय बजारमा पठाउन सकिन्छ । यी बस्तुहरु कुन कुन देशले कस्ता बस्तु कुन मुल्यमा आपुर्ती गरेका छन् । ती बारेमा जानकारी प्राप्त हुनेछ ।’ राणाले भने

‘ उत्पादित बस्तुहरु कसरी अन्तराष्ट्रिय बजारमा पु¥यान सकिन्छ । अन्तराष्ट्रिय बजारमा नेपाली बस्तुहरु सम्बन्धी गुनासोहरुको बारेमा जानकारी गरिनेछ । चिया, अलैची निर्यात गर्दा युरोपियन बजारमा कस्ता प्रावधानहरु छन् त्यसका बारेमा समेत जानकारी प्राप्त हुनेछ ।’ कार्यक्रममा चिया उद्योगी उदय चापागाई, पुनम राई लगायतको आतिथ्यता रहेको थियो ।स्थानियसन्देश

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय