ओलीलाई नेपाल समूहका सांसदहरुको जवाफ,हामी एमालेमै छौं, अर्को पार्टी बनाएका छैनौं

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ७,
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् ।

अध्यक्ष ओलीले २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेपछि मंगलबार नेपाल समूहका सांसदहरुको बैठक बसेको थियो । बैठकमा सांसदहरुले क–कसलाई के स्पष्टीकरण सोधिएको छ भनेर हेरेका थिए । ‘चार जना नेताहरुलाई सोधिएको व्यहोरामा थोरै फेरवदल छ । अरुलाई एउटै व्यहोराको छ’ सांसद झपट रावलले भने, ‘पूर्वतरिका साथ रेडिमेट स्पष्टीकरण सोधिएको रहेछ ।’

पार्टीमा अध्यक्ष ओलीले २८ फागुन र त्यसयता पार्टीमा गरेको मनोमानीको प्रतिवाद गरेकै कारण आफूहरुलाई स्पष्टीकरण सोधिएको सांसदहरुले निष्कर्ष निकालेका छन् ।

अर्को पार्टी बनाएको भनी लगाएको आरोप कपोकल्पित र भ्रामक भएको भन्दै सांसदहरुले त्यसको राजनीतिक र कानूनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । बैठकमा सहभागी सांसद रामकुमारी झाँकीले भनिन्, ‘हामीले दल बदल गरेका छैनौं, राजीनामा पनि दिएका छैनौं । अर्को पार्टी खोलेका पनि छैनौं । दर्ता गर्ने मनसाय पनि छैन । एमालेको केन्द्रीय सदस्य हौं, एमालेको सांसद हौं ।’

अघि भनिन्, ‘उहाँहरुको इच्छा त हामी छोडेर जाउन् भन्ने छ, तर हामी छोडेर जाँदैनौं, यही लड्छौं ।’ पार्टी अध्यक्ष एवं संसदीय दलको नेताले सोधेको स्पष्टीकरणको जवाफ दिएर आफ्नो प्रतिरक्षा गर्ने र राजनीतिक लडाईं पनि सँगसँगै लैजाने सांसदहरुले बताएका छन् ।

२३ फागुनमा सर्वोच्च अदालतले फैसला मुताबिक एमालेको पूर्ववत संरचनामा जानुपर्छ भन्ने भन्दा पार्टी विभाजन भएको भन्ने अर्थ नलाग्ने सांसद रावलले बताए । ‘जे सोधिएको छ, त्यो हाम्रो विधिविधान र हामीले उठाएको मुद्दासँग मेल खाँदैन’ उनले भने, ‘हामीले नेकपा एमालेका घोषित लक्ष्य, नवौं महाधिवेशनको उद्देश्य, विधान, नीति र कार्यक्रमभन्दा बाहिर हामी गएका छैनौं ।’ १० गते बस्ने बैठकबाट कारबाही भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा सांसद झाँक्रीले भनिन्, ‘हामी संसदीय दलभित्र लड्छौं । अदालतसम्म पुग्छौं अनलाइन खबरबाट

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय