आमाको अर्चनामा समर्पित कार्यक्रम सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ बैशाख ३१, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलाम,साहित्यिक चौतारी नेपाल केन्द्रले आमाको अर्चनामा समर्पित भर्चुअल कार्यक्रम रचना वाचन जुम तथा फेसबुक लाइभ मार्फत सम्पन्न गरेको छ । माता तीर्थ औँसीको अवसर पारेर गरिएको कार्यक्रमको अध्यक्षता साहित्यिक चौतारी नेपाल केन्द्रकी अध्यक्ष गीता भण्डारीले गर्नु भएको थियो भने
कार्यक्रममा प्रमुख अतिथि साहित्यिक चौतारी नेपालको सल्लाहकार साथेै बाल साहित्यमा उत्तिकै कलम चलाउने छन्द कवियत्री साहित्यकार प्रभा आचार्य भट्टराई, विशिष्ट अतिथि चौतारीका वरिष्ठ सल्लाहकार प्रा। डा। भीम खतिवडा र स्रस्टा मिश्र वैजयन्ती रहनुभएको थियो । यस्तै कार्यक्रममा देश बाहिर भारत अमेरिका इजरायल जापानबाट उपस्थित आमाहरूले आमामै समर्पित कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रभा आचार्य भट्टराईले आमाहरूको सम्झना र सम्मानमा यस्ताखाले साहित्यिक कार्यक्रम गरिनु स्वागत योग्य रहेको बताउँदै आमा शीर्षकको छन्द कविता सुनाउनुभएको थियो ।
परापूर्वकालदेखि नारीहरू सम्मानित र पूजनीय रहेको कुरा प्रस्तुत गर्दै अहिलेको समाजले नारीहरुलाई बोलीमार्फत सम्मान दिए पनि व्यवहार त्यस्तो नरहेको र बोलीमा जस्तै व्यवहारमा पनि लागु गर्नुपर्ने कुरामा विशिष्ट अतिथि साहित्यकार प्राध्यापक डाक्टर भीम खतिवडाले जोड दिनुभयो ।
आजको यो विसम परिस्थितिमा पनि संसारभरि रहनुभएका शब्दशिल्पि आमाहरूलाई एकै ठाउँमा राखेर मातृदेवताको सम्मान गर्दै हामीलाई जन्म दिएर संस्कार संस्कृति धर्म र प्रेम सिकाउने आमाहरूको सम्झनामा गरिने यस्ता प्रकारका कार्यक्रमले निराशा र अध्यारा क्षणहरू चिर्न मद्दत पुर्याएको भन्दै विशिष्ट अतिथि मिश्र वैजयन्तिले आमा सपना र म शीर्षकको कविता सुनाउनु भएको थियो। साथै विभिन्न देशहरूबाट उपस्थित हुनुभएका विशेष अतिथि कवियत्रीहरूले आमाको बारेमा बिचार राख्दै रचना पनि वाचन गर्नुभएको थियो । विशेष गरेर रचना वाचन गर्नेमा भारतबाट राधा पाण्डे अमेरिकाबाट रितादेवी प्रधान साथै कल्पना तामाङ ,इजरायलबाट नम्रता उप्रेती , जापानबाट सविना रेग्मी र विन्दा पराजुली रहनुभएको थियो । दुई घण्टासम्म चलेको उक्त कार्यक्रमको सञ्चालन साहित्यिक चौतारी नेपाल केन्द्रकी उपाध्यक्ष समेत रहनु भएकी कवियत्री सरू बस्नेत सरस्वतीले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय