
फिक्कलःरेडियो बुद्धवाणी एफएमका सेयर सदस्यद्धय टिका घिमिरे र विनोद घिमिरेलाई पितृ शोक परेको छ । सूर्योदय नगरपालिका वडा नं ८ मालुम निवासी ७४ बर्षिय चुढामणि घिमिरको शुक्रबार बिहान ११ः२० बजे निधन भएको हो । उनी रेडियो बुद्धबाणी एफएमका निवर्तमान प्राविधिक प्रमुख विवेक घिमिरेका हजुबुवा पनी हुन । लामो समयदेखि मुटु रोगबाट ग्रस्त घिमिरे उपचार पश्चात घरमा आराम गरिरहेका थिए । २ छोरा र २ छोरीका पिता उनकोे एक श्रीमति ४ नाति र ४ नातिनी रहेका छन् । धार्मिक तथा सामाजिक ब्यक्ति घिमिरेले आफ्नो जिवनकालमा समाजको लागी पुर्याएको योगदान अतुलनिय मानिन्छ । उनको अन्त्येष्टि स्थानिय शिद्धिखोला आर्यघाटमा सनिबार बिहान १० बजे गरिने पारिवारिक श्रोतले जानकारी दिईएको छ ।


