गणेश रसिकद्धारा दिवगंत श्रीमतीको सम्झनामा निरा स्मृति पत्रकारीता पुरस्कार स्थापना

द्वारा प्रकाशित गरिएको हो |
२०७८ मंसिर २५, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

राजकुमार दाहाल,फिक्कलःवरिष्ठ गितकार,सगितकार तथा गायक एब रेडियो फिक्कलका अध्यक्ष गणेश रसिकले गत कार्तिकमा दिवङत हुनुभएकी आफ्नी श्रीमती निरा शेरचन राईको स्मृतिमा नगद राशी सहितको पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गर्नु भएको छ ।

गणेश रसिक फाउण्डेसनको संस्थापक अध्यक्ष समेत रहनुभएकी स्व निरा सेरचन राईको सम्झनामा उहाको ४५ औ दिनको पुन्य तिथीको अवसर पारेर रसिक परिवारले प्रदेश न १ का पत्रकारीतामा क्रियाशिल पत्रकारलाई प्रदान गर्ने गरि रु २० हजार राशीको पुरस्कार घोषणा गरेको हो ।

हाल ४५ औ दिनको कामको सन्दर्भमा आफ्नो जन्मथलो भोजपुरमा रहनुभएका रसिकले आफ्नी दिवङ्त श्रीमतीको सम्झनामा सो पुरस्कार स्थापना गर्ने निणर्यमा आफु पुगेको बताउनु भएको छ ।

नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव साझा प्रकाशनका पुर्व जिएम समेत रहनुभएका रसिकले समाजमा राम्रो काम गर्नेलाई सँधै हौसला प्रदान गर्नु पर्ने र जिवनमा आफ्नो लागिमात्र हैन समाजको लागि पनि केही गर्नु पर्छ भन्ने सोचका साथ श्रीमतीले आफुलाई हिम्मत दिइरहने गरेको र सबैको सुझाव अनुसार पत्रकारीता पुरस्कार स्थापना गर्ने निणर्यमा पुगेको बताउनु भयो ।

पत्रकारीता समाजको ऐना भएकाले समाजमा विकास परिर्वतनको पक्षमा सकरात्मक कलम चलाउनेहरु मध्येबाट निष्पक्ष पारदर्शी छनोट गरेर पुरस्कार प्रदान गरिने रसिकको भनाई छ ।

समाजको सकारात्मक प्रगतिमा योगदान दिने ब्यक्तिलाई सम्मान गर्नु पर्छ भने धारणा जिवनको अन्तिम समय सम्म आफ्नी आमाको रहेकोले पत्रकारीताको कलमबाट निष्पक्ष रुपमा समाजमा योगदान दिनेहरु मध्येबाट एक जनालाई हरेकबर्ष सम्मान पुरस्कृत गर्न सके आमाको आत्माले अझ शान्ती पाउने र समाजमा असल नियतका साथ योगदान दिने कलमजिविमा प्रोत्साहन हुने ठानेर आफुहरु सो पुरस्कार स्थापना गर्ने मोडमा पुगेको छोरी निरजा राई प्रधानले जानकारी दिनुभयो ।

सो पुरस्कार हरेक बर्ष स्व निरा सेरचको निधन भएको दिन कार्तिक १० गते प्रदान गरिने छ । कोरोना संक्रमण भए पछि ह्याम्स अस्पताल काठमाडौमा उपचाररत रहेको अवस्थामा स्वर्गीय निरा सेरचनको गत कार्तिक १० गते निधन भएको थियो ।

यस बर्ष भने रेडियो फिक्कलको बार्षिक स्थापना दिवसको दिन आगामी पौष १७ गते प्रदान गरिने भएको छ । पुरस्कार छनोट सहजीकरण र बितरण ब्यवस्थापन गणेश रसिक फाउन्डेसनको समन्वयमा रेडियो फिक्कलले गर्ने छ । पुरस्कार प्रदान गरिनेको नाम आगामी पौष १२ गते सम्म छनोट गरिने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय