गायक लेखुको उपचारमा गुरुङ्गद्धारा संकलित रकम हस्तान्तरण

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलःइलामका गायक लेखु विवशलाई उपचार सहयोगार्थ थप रकम प्राप्त भएको छ । यसअघि करिब ३ लाख हाराहारी सहयोग रकम पाईसकेका लेखुलाई अमेरकामा बस्दै आएका गायक रोशन गुरुङ्गको पहलमा संकलित १ लाख ६३ हजार २ सय ७५ रुपैया २५ पैसा रकम शुक्रबार प्राप्त भएको हो ।  उक्त रकम इलामका चर्चित गायक एवं प्याप्सन इलामका बरिष्ठ उपाध्यक्ष रगुन गुरुङ्गले लेखुको निजि निवासमा पुगेर हस्तान्तरण गरे ।

रगुनले विवसको स्वास्थ्य अवस्थाका बारे आफ्ना कलाकार साथीहरुलाई जानकारी गराएका थिए । अमेरिकामा बस्दै आएका इलामेली गायक रोशन गुरुङ्गको सकृयतामा कलाकार तथा अमेरिकाबासी नेपालीहरुबाट संकलित रकम रगुन मार्फत हस्तान्तरण्का लागि पठाइएको हो । लेखु बिवशको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनको घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको गायक गुरुङ्गले जानकारी दिईएका छन् ।

विवशलाई उपचारका लागि सहयोग जुटने क्रम जारी रहेको छ । मुटु रोगको उपचार पछि घरमै आराम गरीरहेका लेखुको उपचारका लागि देश बिदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको हो । गायक लेखुको उपचारमा कलाकार,सामाजिक ब्यक्तित्व तथा संघ संस्थाहरुले सहयोग गरिरहेका छन् । केही महिना अघिमात्र पत्नि वियोगमा परेका विवश यतिबेला मुटु रोगको उपचार पछि आराम गरिरहेका छन् ।

संगितलाई नजिकबाट चिनेका उनले बर्षौँअघि रेडियो नेपालमा गित रेकर्ड गराएर गितसंगितलाई ब्यवसायिक बनाउँदै आएपनि पछिल्लो केहीबर्ष यता पारिवारीक झमेलाका कारण ब्यवसायिक बन्न भने सकिरहेका छैनन् । स्वास्थ्य स्थिति सुधारउन्मुख रहेको बताउँदे उनले भने,“पूर्ण स्वास्थ्य लाभपछि संगितलाई निरन्तरता दिनेछु । देश तथा विदेशमाद रहेर सहयोग गरिरहनुभएका सम्पूर्ण प्रति कृतज्ञ छु । हार्दिक आभार ब्यक्त गर्दछु ।”

यसअघि

हङकङबाट गायक तथा संङ्गीतकार गणेश पराजुलीको सक्रियतामा ७८ हजार रकम हस्तान्तरण गरिएको थियो। त्यसैगरि फिक्कल माध्यमिक बिद्यालयमा पूर्व बिधार्थी मन्च मार्फत उपचार सहयोगार्थ २ लाख १ हजार रकम हस्तान्तरण गरिएको थियो।
फिक्कल बजार निवासी हाल अमेरिकमा रहेका गीतकार एंव साहित्यकार ज्ञानेन्द्र गदालको सक्रियतामा संकलन गरिएको उक्त रकम फिक्कल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली सुवेदी,प्रधानाध्यापक गंगा बहादुर महत , गायक कुबेर राई, गायक पुजन प्रधान, फिक्कल मा बिका पूर्व शिक्षक, पूर्व बिधार्थी, तथा पदाधिकारिहरुको उपस्थितिमा मन्चका अध्यक्ष दिपेन्द्र राईले हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय