इलामका पत्रकार नमिन ढकाल युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष ६, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः लोकल सन्देश अनलाइनका सह(सम्पादक नमिन ढकाल युवा तथा खेलकुद मन्त्रालयबाट सम्मानित भएका छन्। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयले राजधानी बाहिर बसेर पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रको विकासमा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरेको हो। ढकाललाई प्रदेश १ बाट सम्मान गरिएको छ ।
आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग महतराजले नगद २५ हजार र प्रमाणपत्रसहित सम्मान गरेका थिए ।
मन्त्रालयले खेलकुदको विकास र विस्तारमा योगदान पुर्‍याएको भन्दै मन्त्रीस्तरीय निर्णय भएबमोजिम ढकाललाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मान गरेको हो। मन्त्रालयले ५० हजार राशीको खेलकुद पत्रकारिता पुरस्कारबाट १ जना, प्रत्येक प्रदेशबाट १र१ जना तथा समावेश तर्फ २ जनालाई जनही २५ हजार प्रदान गरेको हो ।
त्यसैगरि इलामकै उसु खेलाडी जुनी राई सहित खेलाडी, रेफ्रिलाई १र१ लाख र प्रशिक्षकलाई ५०र५० हजार प्रदान गरेको छ । प्रशिक्षक बिधामा २ जना रहेपछि दामासाहि रूपमा नगद पुरस्कार दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय