नेपाली कांग्रेस इलाम प्रतिनिधि सभा १, प्रदेस सभा ‘ख’ को पहिलो क्षेत्रिय बैठक सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष १५, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः नेपाली कांग्रेस इलाम प्रतिनिधि सभा १, प्रदेस सभा ‘ख’ को पहिलो क्षेत्रिय बैठक सम्पन्न भएको छ । सभापति निस्कल राईको सभापतित्वमा रोङ्ग गाउँपालिका वडा नं ३,कोल्बुङ्ग स्थित कुटिडाँडामा बिहिबार बसेको बैठकले अधिवेसनलाई सफलता पुर्वक सम्पन्न गरेकोमा अगिल्लो कार्यसमितिलाई धन्यवाद दिँदै १४ औँ अधिवेसनले सुम्पिएको जिम्मेवारीलाई सामुहिक ढंङ्गले सम्पादन गर्ने संकल्प गरेको छ ।  प्रत्येक महिना नियमित बैठक बस्ने र कार्यालय ब्यवस्थापनका निम्ति ५ सदसिय समिति गठन गर्ने निर्णय भएको जनाईएको छ  ।

कार्यसमितिको पधाधिकारी र सदस्यहरुको बहुमतले डम्बर बहादुर रार्ई लाई कोषाध्यक्षमा निर्वाचित गरेको छ । बिहिबार बसेको पहिलो बैठकले प्रदेश कार्य समितिको आफनो बैँक खाता मेगा बैँक लिमिटेड हर्कटे शाखामा खाता संचालन गर्ने, क्षेत्रिय कार्यसमिति संग सहकार्य गरि “प्रदेश बिशेष अभियान” संचालन र आगामी बैठकमा प्रशिक्षक,प्रशिक्षण कार्यक्रमको एजेन्डा प्रस्तुत गर्ने जस्ता निर्णय गरिएको सभापति निस्कल राई द्धारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय