अनेरास्ववियु इलामले तोक्यो विभाग प्रमुख र इञ्चार्ज

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष १९, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामःअखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी,इलामको प्रथम पुर्ण वैठक सम्पन्न भएको छ । संगठनका निर्वाचित अध्यक्ष सचिन जंग रायमाझीको अध्यक्षता एवं अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य रबिन्द्र सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकबाट महत्वपूर्ण जिम्मेवारी बाडफाड गरिएको छ । जिल्लाका १० स्थानिय तहमा इञ्चार्ज तथा सह–इञ्चार्ज तोकिएको हो ।

इलाम नगर पालिकाको इन्चार्जमा प्रतिमा रिजाल, देउमाई नगर पालिकामा कुशल बराल, सुर्याेदय नगरपालिकामा इशान प्रधान, माई नगरपालिकामा सुमन पाण्डे, सन्दकपुर गाँउपालिकामा आदर्श गुरुङ्ग, चुलाचुली गाँउपालिकामा विहानी राई, माङ्गसेबुङ्ग गाँउपालिकामा अतित योङ्गहाङ्ग, फाकफोकथुम गाँउपालिकामा सुबास भण्डारी, रोङ्ग गाँउपालिकामा रोहन कार्की र माई जोगमाई गाँउपालिकामा सुमन सञ्जेललाई इन्चार्जको जिम्मेवारी दिईएको छ ।

बैठकले जिल्लाका विभिन्न क्याम्पसमा समेत इञ्चार्ज, सह–इञ्चार्ज तोकेको छ । इन्चार्जको जिम्मेवारी पाउनेमा महेन्द्र रत्न बहुमुखि क्याम्पसबाट गौरब जङ्ग बुडाथोकि , मंगरबारे बहुमुखि क्याम्पस देउमाईमा टिका सापकोटा, करफोक बहुमुखि क्याम्पस सूर्योदयमा श्रृजना अधिकारी, गरुवा बहुमुखि क्याम्पस माइमा दिपचन्द राई, मोर्डन क्याम्पस इलाममा सुमन खत्री, एकतप्पा बहुमुखि क्याम्पस फाकफोकथुममा कुबेर ढूंगाना र आत्मनन्द लिङ्गदेन क्याम्पस माङ्गसेबुङ्गमा शुक्रराज फागो रहेका छन् ।

बैठकले विभागिय प्रमुखमो जिम्मेवारी समेत दिने निर्णय गरेको छ । जसअन्तर्गत संगठन विभाग प्रमुखमा सचिन जङ्ग रायमाझी, प्रशिक्षण विभाग प्रमुख मनोज लिम्बु, स्वास्थ्य विभाग प्रमुख गोपाल आचार्य, महिला विभाग प्रमुख प्रतिमा रिजाल, प्रचार विभाग प्रमुख विशाल कार्की, अनुशासन विभागमा अतित योङ्गहाङ्ग, सांस्कृतिक विभागमा सुमन सञ्जेल, खेलकुद तथा स्वयम सेवक विभागमा सुबास भण्डारी र शैक्षिक विभागमा सुमन दियालीलाई चयन गरिएको हो ।

अनेरास्ववियुले विद्यालय तथा स्थानिय तहमा विभिन्न कमिटि निर्माण गर्दै पुष २४ देखि माघ २० सम्म सदस्यता वितरण कार्यक्रम सम्पन्न गर्ने भएको छ । सोही मितिमा जिल्ला स्तरिय बक्तृत्वकला प्रतियोगिता पालिका स्तरमा गरिने बताईएको छ । सामाजिक सञ्जालको प्रयोग यसको फाइदा र बेफाइदा विषयक अन्तक्रिया कार्यक्रको लागि स्थानिय तहमा प्रस्तावना पेश गर्ने र जिल्ला व्यापी कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ भने १६२ सदस्यिय अखिल फोर्स गठन भएको घोषणा समेत बैठकले गरेको छ ।

अनेरास्ववियु सचिवालय सदस्य इलाम जिल्ला इञ्जार्ज इश्वरी तामाङ्गको विशेष आतिथ्यता रहेको थियो । सह–इञ्चार्ज प्रबेश पराजुली, निर्वतमान जि.क.अध्यक्ष मिलन खत्री लगायतको उपस्थिति रहेको कार्यक्रममा कोषाध्यक्ष विशाल कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय