नेकपा एमाले इलामको अधिवेशनमा पार्टीमा योगदान गर्नेदेखि सेल्टर दिने सम्मलाई सम्मान गरिने

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २१, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः नेकपा एमाले जिल्ला कमिटि इलामले बामपन्थी आन्दोलनमा योगदान गर्नेदेखि भूमीगतकालमा सेल्टर प्रदान गर्नेसम्मलाई सम्मान गर्ने भएको छ । नेकपा एमालेको १० औं जिल्ला अधिवेशनमा उनीहरुलाई सम्मान गर्ने भएको हो । ‘वामपन्थी आन्दोलनमा योगदान गर्ने, भूमीगत कालमा जेलनेल भोग्ने, सेल्टर प्रदान गर्नेहरुलाई सम्मान गर्ने निर्णय भएको छ’, नेकपा एमाले इलामका अध्यक्ष महेश बस्नेतले मंगलबार पत्ररका सम्मेलनमा भने,‘जिल्ला अधिवेशनमा सम्मानित हुने ४१ जनाको नाम पार्टीको सचिवालय बैठकले टुङ्गो लगाएको छ ।’
नेकपा एमालेको सचिवालय बैठक सोमबार बसेको थियो । बैठकले अधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन पारित गरेको छ । २३ र २४ गते इलाम सदरमुकाममा हुने अधिवेशनको प्रतिनिधिहरु समेत सचिवालय बैठकले अनुमोदन गरेको छ । जिल्ला अधिवेशनमा ८०६ जना प्रतिनिधि सहभागी हुँदैछन् । आयोजकका ११९, मनोनित ३९ जना सहित ८०६ जना प्रतिनिधि अधिवेशनमा सहभागी हुने भएका हुन् । त्यसमा खुला पुरुषतर्फ ३३९ जना, महिला तर्फ २६५ र दलित ९महिला र पुरुष० तर्फ १२१ जना प्रतिनिधि सहभागी हुने एमालेका जिल्ला अध्यक्ष बस्नेतले जानकारी दिए ।
नेकपा एमालेले १४ पुषमा ८१ वटै वडा कमिटि र शाखा कमिटिबाट प्रतिनिधि छनोट गरेको हो । ४५ पुरुष पार्टी सदस्य बराबर एक जना, २२ महिला पार्टी सदस्य बराबर एक जना र ११ दलित प्रतिनिधि बराबर एक जनाका दरले जिल्ला अधिवेशन प्रतिनिधि चयन भएका हुन् । इलाममा रहेका एकालेका १५ हजार १३५ जना संगठित सदस्यबाट जिल्ला अधिवेशनका प्रतिनिधि छानिएका हुन् ।
सदरमुकामस्थित गौतमबुद्ध सभागृहमा हुने जिल्ला अधिवेशनमा एमालेका केन्द्रीय उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रमुख अतिथिको रुपमा उपस्थित हुनेछन् । कार्यक्रमको उद्घाटन शत्रमा केन्द्रीय सदस्यहरु सहित प्रदेश कमिटिका पदाधिकारी र सदस्य अतिथिको रुपमा उपस्थित हुने एमालेले जनाएको छ ।
जिल्ला अधिवेशनका प्रतिनिधि, पर्यवेक्षक र स्वयम सेवकको बास र खानाको लागि ५९ वटा होटलमा व्यवस्थापन गएिको छ । एमाले इलामले यो पटक राती अधिवेशनका कार्यक्रम नगर्ने भएको छ । ‘यो पटक रातभर कार्यक्रम हुँदैन’, एमाले प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले भने,‘प्रतिनिधिलाई राती बस्नलाई होटलको ब्यवस्था गरिएको छ ।’ यसअघि रातभर अधिवेशनको कार्यक्रम सञ्चालन हुने गरेको थियो ।
जिल्ला अधिवेशनमा प्रतिनिधिको स्वास्थ्यको ख्याल गर्दै हेल्थ किड वितरण गर्ने भएको छ । हेल्थ किडमा सामान्य रुघाखोकीमा प्रयोग हुने औषधि देखि कोरोना माहामारी विरुद्ध अपनाइने स्वास्थ्य मापदण्डका सामान हुनेछन् । हेल्थ किडमा सामान्य रुघाखोकीका औषधि, मास्क, सेनिटाइजर, भिस्क लगायतका सामाग्री हुने अधिकारीले जानकारी दिए । एमालेले महामारी र मेची राजमार्ग भत्किएकाले बजार क्षेत्रमा हुने चापको कारण खुला सभाभने नगर्ने भएको छ । बजार क्षेत्रमा कार्यक्रम गर्दा लामो सयम यातायात जाम हुने भएकाले खुला सभाको नगरिएको अध्यक्ष बस्नेतले बताए ।
सदरमुकाममा खुला सभा नुहने भएपनि १० वटै पालिकामा २२ गते ¥याली र दिपावली कार्यक्रम आयोजना गरिएको छ । अधिवेशन सफलताको कामना गर्दै दिउसो ¥याली र साँझमा दिपावली गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । जिल्ला अधिवेशन हुने इलाममा भने २२ गते मोटरसाइकल ¥याली र साँझमा दिपावली गरिने भएको हो ।
जिल्ला अधिवेशनले पाँच पदाधिकारी सहित १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ । जिल्ला कमिटिको सदस्यको उम्मेद्वार हुन पार्टीको सदस्यता पाएको सात वर्ष पुरा हुनेपर्ने छ । दलित र महिलाको हकमा भने पार्टी सदस्या पाएको पाँच वर्ष पुरा गरेकाले समेत उम्मेद्वारी दिन पाउनेछन् । जिल्ला कमिटिको पदाधिकारी हुँन भने दुई कार्यकाल जिल्ला कमिटिमा रहेको या एक कार्यकाल सचिवाल सदस्य भएको हुनुपर्नेछ । जिल्ला कमिटिको अध्यक्षको लागि दश हजार रुपैयाँ मनोनयन शुल्क लाग्नेछ छ, त्यस्तै पदाधिकारीको लागि पाँच हजार रुपैयाँ र सदस्यहरुले तीन हजार रुपैयाँ मनोनयन शुल्क बुझाउनुपर्नेछ । सन्दकपुरअनलाईनबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय