साप्ताहिक हाटलाई ब्यवस्थित गरियो

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २३, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोबिन्द पौडेल,रोङः एकदशक अघिबाट लाग्दै आएको रोङ गाउँपालिका वडा नं ६ इलामको साप्ताहिक हाट थर्पु कृषिबजारलाई ब्यवस्थित गरिएको छ । हरेक सोमबार लाग्ने उक्त हाटमा रोङ गाउपालिकाको सहयोगमा स्थाई टहरो निर्माण गरि ब्यवस्थित गरिएको हो । खुल्ला जमिनमा ब्यपारिहरु आएर सामान बिक्री गर्ने गरेकोमा रोङ गाउपालिकाको एकलाख पचास हजार र स्थानियहरुको तिस हजारको लगानिमा फलामे टस्ट ,सिमेन्ट गरि ६ बटा टहरो निर्माण गरिएपछि हाटस्थल ब्यवस्थित भएको हो ,उक्त हाटमा स्थाई टहरो बनेपछि बजासको स्थाईत्वको सभावना बढ्नुको साथै ब्यपारिहरुलाई पनि सहजता भएको निर्माण समितिका सचिव युवराज प्रधानले बताए । रोङ गाउपालिका वडा न ५,६,सर्योदय नपा ५ र ६ को लागि सहज बनेको उक्त बजारको स्थापनाकोलागि स्थानिय गोपिकृष्ण भण्डारि ,अनिल गुरुङले निशुल्क जग्गा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय