१ करोड ७५ लाख बढी आयब्यय पारित गर्दै फिक्कल खानेपानीको सधारण सभा सम्पन्न

द्वारा प्रकाशित गरिएको हो |
२०७८ पुष २४, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

फिक्कलः फिक्कल खानेपानी उपभोक्ता तथा सरसफाई संस्था को सातौँ बार्षिक सधारण सभा सम्पन्न भएको छ । १ करोड ७५ लाख २ सय ३ रुपैया २० पैसा बराबरको आर्थिक कारोबार पारिद गर्दै सभा सम्पन्न भएको हो । आर्थिक बर्ष २०७८÷७९ को मंसिर मसान्त सम्म ७२ लाख २ हजार ८ सय १४ रुपैया बैँक मौज्दात रहेको जनाईएको छ ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष दुर्गा बहादुर बरालले कोरोना भाईरसका कारण समयमा साधारण सभा गर्न नसकिएको बताएका छन् । यस क्षेत्रमा खानेपानी ल्याउन साथै सेवालाई गुणस्तरीय र नियमित बनाउन थुप्रै चुनौती रहेपनी सफलता प्राप्त भएको बताए । २०५६ सालमा इलाम डिभिजन कार्यलयको निर्देशनमा ११ सदसिय कार्यसमिति गठन गरि १५० घरधुरीलाई सशुुल्क ब्यक्तिगत धारा जोडिएको स्मरण गर्दै अध्यक्ष बरालले त्यसयता हालसम्म थुप्रै चुनौती झेल्दै संघर्षबाट यहाँसम्म आएको सुनाए । खानेपानीको मुहान सूर्योदय नगरपालिका वडा नं १ स्थित श्री खोलामा रहेको र भौगोलिक वनावटमा टाढा रहेकाले कयौँ अप्ठयारा पार गर्नु परेको बताएका छन् ।

श्री खोलाबाट सूर्योदय नगरपालिका ९ को काजीफाटक सम्म २८ किमि प्रसारण लाईन रहेको छ । हाल संस्थाले १४२९ घरधुरीलाई २४ संै घण्टा प्रति घण्टा ७ लिटरका दरले निरन्तर पानी वितरण गर्दै आएको छ ।

साधारण सभाका प्रमुख अतिथी प्रदेश नं १ का सांसद काजीमान कागतले प्रदेश कै पर्यटकिय नगरी सूर्योदयमा खानेपानीको प्रबन्ध गुणस्तरीय रहेको बताएका छन् । पर्यटन प्रवर्धनका लागी होटल आवश्यक र त्यसका लागी खानेपानी महत्वपूर्ण हुने भन्दै खेर गएका पानीलाई मिनिरल वाटरका रुपमा उत्पादन गरि विक्री गर्न सकिने सम्भावना रहेको बताएका छन् । कागतेले सूर्योदयमा रात्री पर्यटनको विकास गर्नसके आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । सरोकारवाला निकायले सहयोग गर्नुपर्ने भन्दै आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको पनि उनले बताए । खानेपानीमा अझै सुधार गर्नु पर्ने र ग्राहाकलाई गुणस्तरीय पानी वितरणमा संस्था जिम्मेवार हुन आवश्यक रहने पनी उनले बताएका छन् ।

कार्यक्रममा संस्थापक सदस्यहरु मोहन श्रेष्ठ,होम बहादुर फागो,रमला प्रधान र सोनाम छिरिङ्ग लामा त्यसैगरि संस्थापक सचिव ओमप्रकाश राई, कोषाध्यक्ष केशव पौड्याललाई सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा जग्गा दाता, विभिन्न माध्यमबाट संस्थालाई सहयोग पुर्याउने ब्यक्तित्वहरु, लगायत दुई दर्जन बढीलाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सूर्योदय महिला मञ्चकी अध्यक्ष निर्मला प्रधान, समाजसेवी भुपेन्द्र अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि,जनता समाजवादी पार्टी नेपाल सूर्योदयका सुरेन्द्र मोक्तान, संघिय लोकतान्त्रीक राष्ट्रिय मञ्चका डुप छिरिङ्ग काजी, नेकपा माओबादी केन्द्र सूर्योदय नगर इन्चार्ज प्रविण तिम्सिना,नेकपा एस का नगर अध्यक्ष कमल गधाल,नेपाली कांग्रेसका प्रतिनिधि, नेकपा एमाले सूर्योदय नगरकमिटि उपाध्यक्ष भोगेन्द्र कार्की, र विशेष अतिथी वडा नं १० का अध्यक्ष पेमा उगेन लामा लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संस्थाका कोषाध्यक्ष दिनेश कुमार महतले स्वागत मन्तब्य र लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव गंगा कुमार प्रधानले साँगठनिक प्रतिवेदन साथै कार्यक्रमको संचालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय