
नयाँबजारः माईजोगमाई गाउँपालिकाको नयाँबजारमा प्रत्येक मंगलबार लाग्दै आएको हटियामा प्रहरीले मास्क नलगाउने सबैलाई मास्क वितरण गरेको छ। इलाका प्रहरी चौकी नयाँबजारका इन्चार्ज भुपेन्द्र थापा सहित सम्पूर्ण प्रहरीहरुले मास्क वितरण गरेका हुन ।
माईजोगमाई गाउँपालिका र इलाका प्रहरी चौकीको सहकार्यमा मास्क वितरण कार्यक्रम सम्पन्न भएको हो पछिल्लो केही समय यता कोभिड संक्रमण बढन थालेपछी सजक गराउँदै मास्क वितरण गरेको जनाइएको छ ।


