
फिक्कलः नेपाली कांग्रेस सूर्योदय नगरपालिका वडा नं ९ मा एकैदिन विभिध कार्यक्रम सम्पन्न भएको छ । वडा पार्टी कार्यलय उत्घाटन,कार्यकर्ता भेटघाट,टोल समिति गठन साथै पार्टी प्रवेश कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
जिल्ला सभापति डम्बर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३० भन्दा बढी नेता तथा कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेको वडा सभापति राजेन पौडेलले बताएका छन् ।



पार्टी कार्यलय उत्घाटन पछि वडा सभापति पौडेलले कार्यलयको भाडा आफुले बेहोर्ने घोषणा गरे । कार्यक्रमको अवसरमा दिपेश गुरुङको सभापतित्वमा २१ सदसिय बरबोटे टोल कार्यसमिति गठन गरिएको छ ।
कार्यकर्ता भेटघाट र नव प्रवेशीलाई स्वागत गर्न आएका प्रमुख अतिथि जिल्ला सभापति खड्काले कांग्रेस संगठन विस्तार र पार्टी सुध्रिढिकरणमा लागेको बताएका छन् । उनले अबको तिन वटै निर्वाचनमा कांग्रेसले जित्ने गरि काम गर्न कार्यकर्तालाई आग्रह गरे ।
६० भन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा निवर्तमान क्षेत्रिय सभापति दुर्गा बराल,क्षेत्रिय सदस्य ज्ञानेन्द्र गुरुङ ,इलाम क्षेत्र नं १ प्रदेस सभा ख का सभापति निश्कल राई,नगर सभापति जिवन नेपाल, नव प्रवेशी पर्वत पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।