इलामः पत्रकार एवम् लेखक बसन्त बस्नेतको नयाँ ‘महाभारा’ उपन्यासको गृह बिमोचन मंगलबार गरिएको छ । इलाम सदरमुकाममा आज भएको गृह बिमोचन पिता लैनबहादुर बस्नेत र संविधान सभाका अध्यक्ष तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङ सम्युक्त रुपमा गर्नु भएको हो ।
उपन्यास बिमोचन गर्दै नेकपा एमालेका उपाध्यक्ष समेत रहनु भएका नेम्वाङले पुस्तकमा स्थानिय भाषा र संस्कृतिलाई समेटेको उत्कृष्ठ पुस्तक भएको टिप्पणी गर्नुभयो । उहाँले पुस्तक पढिसकेपछि महाभाराको बास्ना आएको बताउनुभयो ।
नेपाली भाषालाई लिम्बू भाषा र उनीहरुको कथासँग मिल्ने गरि मिसाएर तयार पारिएको पुस्तक उपन्यासको इज्जत र्भको बताएको छ ।
देशका बिभिन्न क्षेत्रमा बिभिन्न भााषा र धर्म संस्कृति मान्ने मानिसहरुको बसोबास छ । देशको पूर्व क्षेत्रमा वढि लिम्बू जातीको बसोबास भएका कारण केही भाषा सो संग सम्वन्धि रहेको पुस्तक पढ्नेहरुको भनाई छ ।
उपन्यासमा तत्कालीन माओवादी पक्ष र नेपाली सेनाका बीचमा भएको द्धन्दले स्थानिय जनताहरुको दैनिकी उभोलाग्न नसकेको पुन आएर कोरोनाले उस्तै स्थिती पारेकोले तिनै द्धटना झलझल्ती पुस्तकबाट पाइने समालोचकहरुको भनाई छ ।
कोरोना भाइरस पछि भएको लकडाउनको फुर्सदिलो समयलाई सदुपयोग गर्दै पुस्तक लेखेको र समापन पछि बिमोचन गरिएको लेशख बस्नेतले बताउनुभयो । उपन्यासमा प्रेम, स्थानिय सस्कृति राजनीति एवम् धर्मसँगको गासिएर उनिएको माला भएको बताइएको छ ।
कार्यक्रममा कवि नवराज पराजुली, सिमा आभाष, प्रकाश थाम्सुहाङ, फाइन पृन्टका उजित बराल लगायतले पुस्तकबाट केही न केही ज्ञान पाउन सकिने बताउनु भएको छ । सो कार्यक्रममा रिदम कँडेलले पुस्तक भित्र नै समेटिएका कुरालाई गित बनाएर प्रस्तुति पनि दिनुभएको थिया ।