इलाम नगरपालिकाद्धारा माघ १३ गते प्रकाशित अत्यन्त जरुरी सूचना

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ १६, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलाम नगरपालिकाद्धारा माघ १३ गते प्रकाशित अत्यन्त जरुरी सूचना

सूचना १
गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रमअन्तर्गत इलाम नगरपालिकाको १२ वटै वडाहरुमा तथ्याङ्क संकलनका लागि सुपरीवेक्षक र गणकहरु खटिएको हुँदा आप्mनो यथार्थ तथ्याङ्क दिई गरिव परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रममा सहयोग गरि दिन हुन आम नगरवासीहरुमा अनुरोध छ । साथै तथ्याङ्क संकलनका लागि खटी आउने सुपरीवेक्षक र गणकलाई आवश्यक सहयोग गरि दिन हुन वडाका जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, सहकारीकर्मीहरुमा समेत अनुरोध छ ।
सूचना २
किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ बमोजिम इलाम नगरपालिकाको वडा नं. २, ३, १०, १२ मा किसान सूचीकरणका लागि तथ्याङ्क संकलन गर्न सहजकर्ता (तथ्याङ्क संकलक) हरु खटिएको हुँदा आप्mनो यथार्थ तथ्याङ्क दिई किसान सूचीकरण कार्यक्रममा सहयोग गरि दिन हुन अनुरोध छ । साथै तथ्याङ्क संकलनका लागि खटी आउने सुपरीवेक्षक र गणकलाई आवश्यक सहयोग गरि दिन हुन वडाका जनप्रतिनिधि, शिक्षक, महिला स्वास्थ्य स्वयम्सेविका, सहकारीकर्मीहरुमा समेत अनुरोध छ ।
सूचना ३
इलाम नगरपालिकाअन्तर्गत वडा कार्यालयहरुमा श्रमिक तथा बेरोजगारहरुको लगत अद्यावधिक गर्ने कार्य निरन्तर भइरहेको हुनाले १८ वर्षदेखि ५९ वर्षसम्मका इच्छुक बेरोजगारहरुले नागरिकता प्रमाणपत्र र आवश्यक कागजातको फोटोकपीसहित वडा कार्यालयमा सम्पर्क गरी आवेदन दर्ता गराई आप्mनो नाम वडा कार्यालयमा सूचीकृत गराउन हुन अनुरोध छ । बेरोजगार व्यक्तिहरुले भर्ने आवेदन फाराम वडा कार्यालयबाट निशुल्क प्राप्त हुनेछ । थप जानकारीको लागि यस कार्यालयअन्तर्गत रोजगार सेवा केन्द्र र सुरक्षित आप्रवासन परियोजनामा सम्पर्क राख्न सकिनेछ । इलाम नगरपालिका, घर निर्माण तथा मर्मत कार्य गर्ने मजदुर कल्याण कोष सञ्चालन कार्यविधि, २०७४ बमोजिमकोे राहत तथा उपचार खर्च (मृत्यु भएमा रु ५ लाख र घाइते भएमा रु ५० हजारसम्म उपचार खर्च) सुविधा र विभिन्न तालिम प्राप्तिका लागि समेत वडा कार्यालयको श्रमिक÷बेरोजगार लगतमा नाम हुनु अनिवार्य हुने व्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।
सूचना ४
इलाममा मेडिकल कलेजको स्थापना चाँडो गराउने कार्यमा सहयोगको लागि इलाम नगरपालिकाअन्तर्गत इलाम मेडिकल कलेज सहयोग समिति इलामको नाममा नेपाल बैंक लि. इलामस्थित खाता नम्बर ०४०००१०७१३७१६१०००००१ को बैंक खाता खोलिएको र सो खातामा रकम संकलन भइरहेको हुनाले इलामको शैक्षिक विकास तथा आर्थिक समृद्धिका लागि सबैबाट आर्थिक सहयोग अपेक्षा राखिएको हुँदा इच्छुक दाताहरुले सो बैंक खातामा आप्mनो नामबाट भौचर भरी यथाशक्य रकम जम्मा गरी सहयोग गर्न हुन अनुरोध छ । थप जानकारीका लागि समितिका संयोजक श्री श्यामकृष्ण घिमिरे ९८४२६३५०२० र सदस्य श्री होम बस्नेत ९८५२६८०८१८ सँग सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय