इलाममा दुर्घटनास्थलबाट नगद र सुन चोरिएको घटना छानबीन गर्न समिति गठन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ १७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामको रोङ गाउँपालिका–४, पहिरोमा गत १२ माघमा जीप दुर्घटना भएुसंगै नगद र सुन चोरिएको घटनाबारे छानबीन समिति बनाईएको छ । जिल्ला प्रहरी कार्यालय, इलामले घटनाबारे छानबीनका लागि प्रहरी नायब उपरीक्षक ९डीएसपी० गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय छानबीन समिति बनाएको हो ।

दुर्घटना हुँदा झापाको मेचीनगर नगरपालिका–४ का ५५ वर्षीय रमेश थापा र ४० वर्षीय सूर्यबहादुर थापाको मृत्यु भएको थियो । घटनामा उनीहरुको साथमा रहेको करिब चार लाख रुपैयाँ र आधा तोला सुनको औंठी हराएको थियो । मृतकका भाइ मनोजकुमार थापाका अनुसार इलामबाट खसीबाख्रा खरीद गरी झापामा ल्याएर विक्री गर्ने थापा दाजुभाइले दुर्घटना भएको दिन जिप लिएर इलामतर्फ जाँदै थिए ।

दुर्घटनास्थलबाट मृतकको नगद र सुन गायब
‘खसीबाख्रा किन्न उहाँहरु नगद बोकेर जानु भएको थियो, घटनास्थल पुग्दा प्रहरी र स्थानीयको भिड थियो’ उनले भने, ‘दाजुको साथमा रहेको करिब चार लाख रुपैयाँ र औंठी त्यहाँ थिएन ।’

जिल्ला प्रहरी कार्यालय, इलामले सोमबार विज्ञप्ति जारी गर्दै ‘सञ्चारमाध्यममा आएको विषयबारे’ विस्तृत रुपमा अध्ययन भइरहेको भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा कसैको संलग्नता पाइए कानून बमोजिम कडाभन्दा कडा कारबाही हुनेछ ।’

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर सडकबाट ५ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय