
बुधराज लिम्बू योङ्हाङ,माईः इलामको माइ नगरपालिका वडा नं ६ का २१६ जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । वडाले हरेक बर्ष वृद्धवृद्धालाई सम्मान कार्यक्रम गर्दे आएको छ । गतबर्ष मनकामना जनकपुर लुम्बीनी घुमाएर सम्मान गरेको वडाले यस बर्ष न्यानो कपडा वितरण गरेको हो ।
सेवा पाउने ज्येष्ठ नागरिकहरुले खुशी ब्यक्त गर्दै स्थानीय सरकारलाई धन्यवाद दिईएका छन् । कार्यक्रममा वडाध्यक्ष मुखराज आङ्देम्बे,समाजसेबि धन बहादुर आङ्देम्बे, खड्क कडेल, कार्यालय सचीव रमेश गिरि, कार्यालय सहयोगी समीर योङ्हाङ ,मन कुमार योङ्हाङ लगायतको उपस्थिति रहेको समीर योङ्हाङले जानकारी दिए ।


