पत्रकार महासङ्घ इलामका पूर्व सभापति सोमनाथ सुशेलीलाई मातृ शोक

द्वारा प्रकाशित गरिएको हो |
२०७८ माघ २२, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

इलामः नेपाल पत्रकार महासंघ इलाम शाखाका पूर्व सभापति एवं पत्रकार महासंघ प्रदेश १ का पूर्व उपाध्यक्ष तथा इलामका अग्रज पत्रकार सोमनाथ सुसेली अधिकारीलाई मातृशोक परेको छ । पत्रकार सुसेलीको ८२ बर्षिया आमा बिष्णुमाया अधिकारीको शनिबार दिउँसो निधन भएको हो । इलाम नगरपालिका ९ निवासि अधिकारीको घरमै निधन भएको परिवार श्रोतले जनाएको छ ।

लामो समयदेखि दम रोगबाट पिडित अधिकारीको शनिबार दिउँसो साडे १ बजे निधन भएको हो । मृतक अधिकारीको श्रीमान, दुईछोरा र एक छोरी छन् । मृतक अधिकारीको आइतबार बिहान माईखोलाको राजदुवाली घाटमा अन्तेष्टि गरिने बताइएको छ । सुशेली रेडियो नेपालबाणी एफएम इलामका स्टेशन म्यानेजर र इलाम एक्सप्रेस दैनिकका प्रधान सम्पादक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय