
इलामः इलाममा नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघको जिल्ला तदर्थ समिति गठन भएको छ । शिशिर काफ्लेको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा गायत्रा ओली र उमेशचन्द्र महत, सचिव मिलन खवास, कोषाध्यक्ष बमबहादुर सुवेदी रहेका छन् ।
त्यस्तै घटक संगठन राष्ट्रिय जनसंगित कलाकार संघ नेपालका अध्यक्षमा दिपक तामाङ चयन भएका छन् । उपाध्यक्ष लेखु विवस र सचिवमा विनम राई रहेका छन् । राष्ट्रिय ललितकला संघ नेपालको अध्यक्षमा प्रेम खवास र सचिवमा नविनकुमार लिङ्दम चयन भएका छन् ।
राष्ट्रिय जननाट्य संघ नेपालको अध्यक्षमा राजेन्द्र कट्टेल, उपाध्यक्ष सुरेश पोर्तेल र सचिवमा विमल पौडेल रहेका छन् । राष्ट्रिय जनसाहित्य संघ नेपालको अध्यक्षमा कुमार गुरुङ, उपाध्यक्ष मोहन पाण्डे र सचिवमा चेतन अन्जान रहेका छन् । जनसांस्कृतिक महासंघका केन्द्रिय सदस्य एवम इलाम इन्चार्ज रगुन गुरुङको अध्यक्षतामा भएको भेलाको प्रमुख अतिथि एमाले जिल्ला अध्यक्ष महेश बस्नेत रहेका थिए ।
बिशेष अतिथि एमाले सांस्कृतिक फाट इन्चार्ज दिप किशोर लिङ्देन र सह इन्चार्ज प्रकाश बस्नेत रहेका थिए । कार्यक्रमको संचालन उमेश महतले गरेका थिए ।


