
फिक्कलः नयां कमिटि गठन गर्दै अनेरास्ववियु देउमाई नगरपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । पवन गजुरेलको अध्यक्षतामा निर्वाचित समितिको उपाध्यक्षमा सुनिल लिम्बु सचिव टिका प्रसाद निरौला, सह(सचिवहरु विवस ढुङ्गेल,सोविता पराजुली र सचिन राई, कोषाध्यक्ष पवित्रा थापा र महिला विभाग प्रमुखमा सुस्मिता अधिकारी लगायत निर्वाचित भएका छन् ।
अनेरास्ववियु जिल्ला सदस्य एवं देउमाई सह इन्चार्ज मन्जु लिम्बू को अध्यक्षता साथै अनेरास्ववियु प्रदेश अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी उपसचिव रबिन्द्र सुबेदिको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य प्रवेश पराजुली, नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा देउमाई नगरकमिटी पार्टी अध्यक्ष भिमलाल खनालको विशेष आतिथ्यता थियो भने अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष सचिन राया , सचिव मनोज लिम्बू , सदस्य टीका सापकोटा लगायतको आतिथ्यता रहेको अनेरास्ववियु केन्द्रिय कमिटी सचिवालय सदस्य प्रवेश पराजुलीले जानकारी िदइएका छन् ।


