सूर्योदय नगर युवा परिषले राख्यो जनचेतना मुलक होडिङ बोर्ड

द्वारा प्रकाशित गरिएको हो |
२०७८ चैत्र ३०, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिक्कलः पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको नगर युवा परिषद्ले नगरपालिका विभिन्न क्षेत्रमा होडिङ बोर्ड राखेको छ । सूर्योदय नगर युवा परिषदले बार्षिक कार्यक्रम अनुसार नगरपालिका भित्रका विभिन्न स्थानमा होडिङ बोर्ड स्थापना गरेको हो । नगर युवा परिषदका अध्यक्ष डिल्लि आर्चाय, सदस्य सिर्जना राई, गोविन्द कट्टेल, सग्राम नेपाल लगायत युवा परिषदका सदस्यहरुको उपस्थितमा होडिङ राखिएको हो । युवा परिषदले नगरपालिका भित्रका ३ स्थानमा स्वास्थ्य र फोहोरमैला व्यवस्थापन बारेमा चेतनामुलक सन्देश लेखिएको होडिङ बोर्ड राखिएको हो ।

युवा परिषदले पर्यटकको चहलपहल बढी मात्रामा हुने पशुपतिनगर, अन्तु र कन्याममा स्वास्थ्य र फोहोरमैला व्यवस्थापन बारेको चेतना मुलक सन्देश लेखिएको होडिङ बोर्ड राखिएको हो । परिषद्बाट २ स्थानमा स्वागत लेखेको बोर्ड राखिएको छ । इलाम नगरपालिका र सूर्योदय नगरपालिकको सिमा क्षेत्र भालुखोप र रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाको सीमा क्षेत्र हर्कटेमा स्वागत लेखिएको होडिङ बोर्ड राखिएको परिषदकी सदस्य सिर्जना राईले जानकारी दिइन् ।

होडिङ राख्ने क्रममा जिल्ला समन्वय समिति उप–चित्रकला बराइली, सूर्योदय नगरपालिका प्रमुख रणबहादूर राई, वडा नम्बर ११ का अध्यक्ष टेक बहादूर राई, लगायतको उपस्थिति रहेको थियो । युवा परिषद्ले नगर विभिन्न क्षेत्रमा डसबिन राख्ने योजना समेत बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय