इलाम नगरपालिकाको प्रमुखमा कांग्रेसबाट उमेद्वारी दाबी गरेका केदार थापा को हुन?

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख १, ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

इलामः इलाम नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नेता केदार थापाले उमेद्वारी दावी गरेका छन् । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नगर प्रमुखको टिकट आफुले पाउनेमा उनि ढुक्क छन् ।

केदार थापा २०२१ सालमा बुवा तीलकबहादुर थापा र आमा कृष्णकुमारी थापाको पुत्र रत्नका रुपमा जन्मिएका हुन् । इलाम जिल्लाको इलाम नगरपालिकामा जन्मिएका उनको बाल्यकाल सामान्य थियो । बाल्यकालदेखिनै नेपाली कांग्रेसमा आस्था राखेका थापाले राजनितीमा नेता केबी गुरुङ्ग,बेनुपराज प्रशाँई,तोयानाथ भट्टराई,धर्म गौतमबाट २०३६ मा प्रभावित भई बिद्यार्थीकाल बाट नै राजनीति यात्रा तय गरेका हुन् ।
नेपाली कांग्रेसले नेतृत्व गरेको हरेक आन्दोलनमा नेता थापाको सक्रिय सहभागिता देखिन्छ । उनी पञ्चायतकालमा पनि आन्दोलनमा सक्रिय सहभागी भएर पार्टीलाई चलायमान बनाउन क्रियाशील रहँदै आएका थिए ।

केदार थापाको राजनीतिक यात्राः

वि सं २०३६ सालबाट कलिलो उमेरमा नै प्रजातन्त्र प्रति आकर्षित भई बहुदलिय ब्यवस्थाको पक्षमा भाग लिईएका उनि वि सं २०४३ सालमा मरब क्याम्पस इलामको स्व वि यू सभापतिको उमेद्वार बनेका थिए । २०४६ सालको आन्दोलन सफल बनाउन नेविसंघ जिल्ला सभापतिको रुपमा आफ्नो ठाउँबाट अग्रसर भएर लागेका थिए भने २०५९ सालको स्थानिय निर्वाचनमा इलाम नगरपालिका वडा नं ९ बाट निर्वाचित अध्यक्ष बनेका थिए । २०५१÷५२ सालमा मानविकी समाजसास्त्रमा एम ए सम्मको अध्ययन गरेका थापा नेपाली कांग्रेसको १० औँ र ११ औँ महाधिवेशनमा २ कार्यकाल पार्टी सचिव बने । ५६ सालमा नेपाल तरुण दल इलामको संस्थापक सभापति बनेका उनी तदर्थ समिति र अधिवेशन बाट पुनःनिर्वाचित भई दुई कार्यकाल नेपाल तरुण दल इलामको सभापति भएका थिए । पार्टीको १२ औ अधिवेशनमा निर्वाचित महाधिवेशन महासमिति, १३ औँ मा निर्वाचित जिल्ला सदस्य,महाधिवेशन महासमिति सदस्य र १४ औँ मा जिल्ला सदस्य,महाधिवेशन महासमिति सदस्य बने । २०४०÷४१ सालमा निजामति सेवामा खरिदार पदमा लोकसेवा पास गरेका केदारलाई राजनितीक अभियोगबाट चारित्रिक रुपमा तत्कालिन सरकारले खराब देखाई नोकरीमा अयोग्य ठहर्याएको थियो ।

इलाममा पहिलोपटक चिया रोपण गर्ने कर्नेल गजराज सिंह थापाका सन्तान केदार जटिल प्रकृतिका जनसरोकारका विषयमा काम गर्न रुचाउँछन् । २०६२÷२०६३ सालको जनआन्दोलनमा समेत थापाको नेतृत्बदायी भूमिका रहेको थियो । यसरी देशलाई चाहिएको बेला जुनसुकै परिस्थितिमा पनि पार्टीलाई चलायमान बनाउन सक्ने थापा हरेक आन्दोलमा आफैं अग्रभागमा आउँछन् । २०४६ सालमा नेपाल विद्यार्थी संघको सभापति रहेकै बेला उनी आन्दोलनमा सक्रिय भएर थापाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । २०५६ सालमा तरुण दलको संस्थापक अध्यक्ष बनेका थिए । ११ औ महाधिबेशनमा जिल्ला सचिव बनेका थिए भने १२ आंै महाधिवेशनबाट पनि उनी सचिवमा नै निर्वाचित बनेका थिए । हाल उनि महाधिबेसन प्रतिनिधिका रुपमा रहेका छन् ।

जिल्ला अस्पताल इलामको अस्पताल विकास समितिका अध्यक्ष रहेर काम गरेका थापाले अस्पताललाई स्तरोन्नति गर्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरेकै कारण सामाजिक क्षेत्रमा समेत चर्चा बटुलेका उनले विपन्न र निमुखाको आर्शीवाद पाएका छन् । इलामको सुक्खा क्षेत्रमा पानी ल्याउन अहम भूमिका निर्वाह गरिरहेका उनी इलाममेलीबीचमा रुचाइएका छन् । स्नाकोत्तरसम्मको अध्ययन पूरा गरेका थापा हरेक समस्याको सामधान गर्नु आफ्नो पहिलो प्रथामिकता ठान्छन् । जसका कारण इलामेली नागरिककले अफट्यारोमा एक दर्बिलो खम्बाको रुपमा थापालाई लिने गरेका छन् । नेपाली कांग्रेसको राजनीतिमा ४० बर्षको अनुभव लिएका थापा सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । हाल उनी इलाम नगरमा निर्माणधीन साना सहरी खानेपानी उपभोक्ता समितिको अध्यक्षमा रहेर काम गरिरहेका छन् । इलाम जिल्ला अस्पतालको अस्पताल विकास समितिमा रहेर छोटो समयमा नै थुप्रै काम गर्न सफल भएका थिए । तत्कालिन समयमा इलाममा स्वास्थ्य विमाको कार्यक्रम ल्याउन स्वास्थ्य मन्त्रि गगन कुमार थापा संग समन्वय गरि जिल्ला कार्यक्रम लागु गरेका थिए ।

सडक,र्सिचाई,पुल,विद्युत जस्ता विकास पुर्वाधारमा उन्को भुमिका महत्वपुर्ण मानिन्छ । इलाम नगरपालिकामा विकास प्रवर्धनमा थुप्रै सम्भावना देखेका थापा ५ बर्षमा कायापलट गर्न सकिने धाराणा राख्छन् । ग्रामिण परिवेश संग नजिक रहेका उनी संचार क्षेत्रलाई समेत माया गर्नेगर्छन् । थापाले इलामको लोकप्रिय रेडियो नेपालबाणीको अध्यक्षमा लामो समय रहेर काम गरिसकेका छन् । थापा शालिन , मिलनसार व्यक्तिका रुपमा परिचित छन् नै नेपाली कांग्रेस भित्रमा पनि साझा एवं प्रभावशाली नेतृत्व गर्न सक्ने छवि बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय