मोटरसाइकल चोर्ने २ जना पक्राउ

द्वारा प्रकाशित गरिएको हो |
२०७९ बैशाख ७, ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मोरङको विराटनगरबाट मोटरसाइकल चोरीमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय छन् । प्रहरीका अनुसार विराटनगर ९ का ४० वर्षीय मो। ताहिर अन्सारी र सोही स्थानका २९ वर्षीय मो। आलमलाई प्रहरीले पक्राउ गरेको हो । सोमबार बिहान ९ बजे विराटनगर महानगरपालिका ७ मा पार्किङ गरी राखिएको को। ४ प ९७२५ नम्बरको टिभिएस कम्पनिको मोटरसाइकल चोरी गरी भारततर्फ लैजाने क्रममा उनीहरु पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय